फिफा विश्वकप छनोट : नेपाल र यमनले खेले बराबरी « Khabarhub

फिफा विश्वकप छनोट : नेपाल र यमनले खेले बराबरी


३० जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफा विश्वकप २०२६ को एसियाली छनोट अन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा नेपालले यमनसँग बराबरी खेलेको छ ।

साउदी अरेबियाको दमाम शहर त प्रिन्स मोहमद विन फहद रंगशालमा गएराति भएको खेलमा नेपाल र यमनले २–२ गोलको बराबरी खेलेका हुन् ।

नेपालका लागि सञ्जिव विष्ट र जिलेस्पीजंग कार्की र यमनका नसीम अल–गाहवाही र मोहम्मद अल–दाहीले गोल गरेका थिए ।

यो बराबरीसँगै समूह ‘एच’ मा रहेको नेपालले ६ खेलबाट १ अंक जोडेको छ । नेपाल पुछारमा रहेर दोस्रो चरणको अन्त्य गरेको छ । यमनको भने ५ अंक भएको छ ।

यमनसँगको खेलसँगै नेपालका कप्तान किरण चेम्जोडङले आफ्नो १००औं अन्तर्राष्ट्रिय खेल पूरा गरेका छन् । उनी यो उपलब्धी हासिल गर्ने पहिलो नेपाली फुटबलर हुन् ।

समूह ‘एच’बाट युएई र बहराइनले विश्वकप छनोटको तेस्रो चरणमा स्थान सुरक्षित गरेका छन् । नेपाल र यमनले एएफसी एसियन कप छनोटको तेस्रो चरण खेल्ने छन् ।

 

 

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ८ : ४३ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव