चिनियाँ रक्षामन्त्रीको अभिव्यक्ति उत्तेजक र आधारहीन : ताइवान « Khabarhub

चिनियाँ रक्षामन्त्रीको अभिव्यक्ति उत्तेजक र आधारहीन : ताइवान


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ रक्षामन्त्री डोङ जुनले ‘उत्तेजक र आधारहीन’ अभिव्यक्ति दिएको भन्दै ताइवानले आपत्ति जनाएको छ ।

मुख्यभूमि मामिलासम्बन्धी ताइवानी परिषद्ले ताइवानका बारेमा चिनियाँ रक्षामन्त्रीले उत्तेजक र आधारहीन अभिव्यक्ति दिएको जनाएको हो ।

रक्षामन्त्री डोङ जुनले सिंगापुरमा आयोजित शाङ्ग्री–ला सुरक्षा वार्तामा ‘ताइवानलाई चीनबाट अलग गर्न चाहने जो कसैको पनि विनाश हुने’ अभिव्यक्ति दिएका थिए ।

रक्षामन्त्रीको यो भनाइले संयुक्त राष्ट्रसंघको बडापत्रको उल्लङ्घन गर्ने र एसिया प्रशान्त क्षेत्रको शान्ति र सुरक्षामा असर पार्ने ताइवानको मुख्यभूमि मामिला परिषद्ले उल्लेख गरेको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार चिनियाँ रक्षामन्त्रीको उक्त अभिव्यक्तिबाट राष्ट्रसंघको धारा २ को अनुच्छेद ४ उल्लङ्घन भएको परिषद्ले जनाएको छ । उक्त धारामा सदस्य राष्ट्रलाई शक्तिको प्रयोग गर्न वा धम्की दिन बन्देज लगाइएको छ ।

‘चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीले यस्तो किसिमको उत्तेजक र आधारहीन अभिव्यक्ति दिनु निकै दुर्भाग्यपूर्ण छ’, परिषद्ले भनेको छ ।

स्वायत्त शासन चलाउँदै आएको ताइवानलाई कम्युनिष्ट शासन रहेको चीनले आफ्नै मुलुकको एक हिस्सा मान्दै आएको छ र आवश्यक परे बल प्रयोग गरेर भएपनि मुख्यभूमिमा गाभ्ने चेतावनी दिँदै आएको छ ।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ८ : ५० बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक