न खुसी लेख्ने कलम, न दु:ख मेट्ने इरेजर | Khabarhub Khabarhub

न खुसी लेख्ने कलम, न दु:ख मेट्ने इरेजर



दुई पति पत्नीको पारपाचुके सम्बन्धी बहस चलिरहेको थियो। मुद्दाको फैसलाअघि अभियुक्त पतिसँग न्यायाधीशले सोधे- ‘तिमीलाई सफाइमा केही भन्नु छ ?’

पति- ‘श्रीमान् हजुर आफैं भन्नुस् यसलाई मैले कसरी स्वीकार गर्ने जबकी मसँग बिहे हुनुअघि नै यसले अर्कैको पेट बोकेकी रहिछ। यसले मलाई धोका दिई। अर्काको सन्तान म कुनै हालतमा सकार्न सक्दिन। त्यसैले पारपाचुके हुनैपर्छ।’

‘तिमीलाई केही भन्नु छ ?’ महिलातर्फ फर्किएर न्यायाधीशले सोधे। महिलाले आत्मविश्वासको स्वरमा भनिन्- ‘मैले पनि न्याय पाउनै पर्छ। महाशय, तपाईं नै भन्नुस्- यदि कसैले अर्कैले बाली लगाएको खेत किन्यो रे, के त्यसले अर्कोले रोपेको खेत भोग गर्दिन भनेर छोडिदिन्छ त ?’ महिलाको तर्कले न्यायाधीश मौन भए। नेपालमा ठूला मानिसको चरित्र र ती महिलाको तर्क उस्तै छ।

खरिदार हुँदै भन्सारको ठेकेदारसम्म भएका कृष्णप्रसाद कोइरालाका तीन छोरा मातृका, वीपी र गिरिजाप्रसाद संयोगले प्रधानमन्त्री भए। यो देखेर कोइराला परिवारका शुभचिन्तक दाहाल परिवारमा अर्को सपना रोपियो। न्यायक्षेत्रमा लागेका तीन भाइ मध्ये विश्वनाथ, केदारनाथ उपाध्याय प्रधानन्याधीश भए। दुर्भाग्यवश अर्का भाइ बैजनाथ उपाध्यायको निधारमा यो भाग्य लेखिएन्। फलस्वरुप सोचेजस्तो इतिहास कोरिएन्। आफ्नो अनुकूलका लागि कानुन खरानी बनाउने र अरुलाई सिध्याउन कानुनका नौ सिङ तिखार्ने चलन झन् झन् प्रबल बन्दै गएको छ।

राजनीति, फौजी, प्रशासन जताततै विरासतको हक रोप्ने प्रतिस्पर्धा बढ्दो छ। राणा, पञ्चायत हुँदै गणतन्त्रमा त यसका हाँगाबिँगा यसरी फस्टाएका छन् कि अब यो विसंगति छिमल्ने तागत कसैसँग छैन्।

राजनीति, फौजी, प्रशासन जताततै विरासतको हक रोप्ने प्रतिस्पर्धा बढ्दो छ। राणा, पञ्चायत हुँदै गणतन्त्रमा त यसका हाँगाबिँगा यसरी फस्टाएका छन् कि अब यो विसंगति छिमल्ने तागत कसैसँग छैन्। मान्छे मरेपछि करोडौं रुपियाँ राज्यका तर्फबाट दिएर किन नहोस् स्मृति प्रतिष्ठानको बुख्याचा ठड्याएरै भए पनि आफ्नो बर्चस्वको प्रयास बाँकी राख्छन्। गणतन्त्रका महानायक मानिएका प्रचण्ड परिवारमा नाति नातिना पुस्ताबाहेक सबै राज्यका तलवी हकदार छन्। शेरबहादुर देउवा, केपी ओली, माधव नेपाल सबैका हुक्के, ढोके, नातागोता सरकारी सुविधाभोगी छन्। कति पद त लिलामीमा चढेर कमाइका आकर्षक श्रोत भएका छन्।

राजा महेन्द्रका अंगरक्षक गोपालबहादुर खत्रीले आफ्ना छोरालाई सेनाको मुखिया बनाउने सपना देखेरै हुनुपर्छ, नामै राखिदिए- रमिन्द्र, राजेन्द्र, रतिन्द्र। जुन नाम राजामहाराजा वीरेन्द्र, ज्ञानेन्द्र र धिरेन्द्रसँग मेल खाने खालको थियो। दरवारिया राजनीति नजिकबाट बुझेका गोपालबहादुर खत्रीले सन्तानको नाम राजाको प्रकृतिकै राख्नु संयोग मात्र थिएन। गोपालबहादुरका पिता बलेन्द्रबहादुर खत्री सेनाकै मेजर थिए। कर्मले के गरे, आफ्नो ठाउँमा छ तर बाउको सपना पूरा भएरै छोड्यो।

एकातिर आगो लागेपछि दमकल किन्ने फाइल उठाउने प्रवृत्ति र अर्कातिर चिनेको-किनेकाको अनौठो रसायन मिलेपछि पेशागत मर्यादा र धर्मका कुरा दन्त्यकथा बन्दै गएका छन्।

राजा महेन्द्रले छोरालाई मात्र हैन, आफ्नै करेसाबारी अघिल्तिर घरबासको व्यवस्था गरिदिएर छोरीलाई अंशको हकदार बनाए। राजाका हरेक कर्म लालमोहरसरह हुने गर्थ्यो। बक्सिस र तदर्थवादको माखेसाङ्लोबाट राजनीति, निजामती, सेना, पुलिस र न्यायसेवा मुक्त हुन सकेको छैन। एकातिर आगो लागेपछि दमकल किन्ने फाइल उठाउने प्रवृत्ति र अर्कातिर चिनेको-किनेकाको अनौठो रसायन मिलेपछि पेशागत मर्यादा र धर्मका कुरा दन्त्यकथा बन्दै गएका छन्।

सन्काहा युवराज राजेन्द्रको कमजोरीमा खेल्न सुरु गरेका जंगबहादुरले महत्वाकांक्षा र अवसरको सिंढी यसरी उपयोग गरे कि आफ्ना छोरी राजामहाराजाको बुहारी बनाए। राजाकै सम्धी भएपछि के थियो, नाम अगाडि श्री ३ लेखिदिए। उनको इतिहास यति सकसपूर्ण थियो कि बा-हमासे जुवाडे जंगबहादुर सुत्केरी पत्नीलाई खानाको बन्दोबस्त मिलाउन नसक्दा उनको प्राणान्त भएको थियो। अरु त अरु नेपालको सबैभन्दा पुरानो पार्टी प्रजापरिषद्का नेताहरु राजा त्रिभुवनले पार्टी चलाउन दिएको खर्च घरायसी मामलामा सिध्याएपछि पार्टीभित्र फाटेको धाँजाका आफ्नै कथाव्यथा छन्।

एउटाको त्यागलाई ब्याजका रुपमा सन्तान दरसन्तानले ग्रहण गरेर समाजमा विशिष्ट मुखिया हुन खोज्ने प्रवृत्ति दक्षिण एशियामै भाइरस बनेर उपस्थित छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सी चिन फिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन यही बाटोमा छन्। उनीहरुमा अहिले प्राण प्रतिष्ठा गरेको ढुंगालाई देउता बनाएर विश्वभर ढोगाउन सक्ने तागत छ। बीपीका छोराहरु सरदर क्षमताका भएपनि लायक ठहरिए। ‘गिरिजाप्रसादकी छोरी’ नामको योग्यताले सुजाता कोइरालाको खेलोफड्को दशकौंदेखि चलिरहेकै छ। तर निजामती सेवामा एउटा विडम्वना छोरो पुस्ताले हाकिम बन्ने छाँटकाँट नै देखाएन।

एउटाको त्यागलाई ब्याजका रुपमा सन्तान दरसन्तानले ग्रहण गरेर समाजमा विशिष्ट मुखिया हुन खोज्ने प्रवृत्ति दक्षिण एशियामै भाइरस बनेर उपस्थित छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सी चिन फिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन यही बाटोमा छन्।

गीताले खबरदारी गर्दै भनेको छ- ‘मैले आज यति पाएँ, पछि यति पाउनेछु, अहिले मसँग यति छ पछि अरु थपिन्छ, मैले यो शत्रु मारें, अरु पछि मार्छु भन्ने, मै मालिक हुँ मै भोग गर्ने हुँ, सिद्ध पनि मै हुँ, बलवान पनि मै हुँ, सुखी पनि म नै छु, कुलीन धनवान मै हुँ, मेरो बराबर को छ र ? पुज्छु, दिन्छु, मोज गर्छु भन्ने ठान्ने मूर्खहरु राक्षसी श्रेणीमा जन्मेका नीच हुन।’

एउटा समय हरेक मानिसले आफ्नो सुरक्षाको लागि धनुकाँडा बोक्थ्यो। कोही गुलेली बोक्थे। कोही तीर उध्याउँथे। निशस्त्र महिला दुवै औंलामा नङ पाल्थे। खुर्सानीको धुलो बोक्थे। राज्यले आत्मसुरक्षाका यी उपाय आफूले गर्ने ढाड्स दिँदै हतियार आफ्नो नियन्त्रणमा लियो। जनताको शरीरमा घात हुन नदिने वचन दिएपछि जनता आश्वस्त भए। तर संगठित हुननसक्ने जनताको प्रकृतिमाथि राज्यको नाममा यस्तो कपटपूर्ण खेल खेलियो कि कानुनमा लेखिएका शब्दबाहेकका खेलबाट जनता आहत हुन थाले।

जनताले पाउने सुरक्षा चाकरीको माध्यम बन्यो। दर्ता चलानीको काम समेत शुभलाभविना नहुने दिन आए। हुँदाहुँदा नेपाल मात्र त्यस्तो देश हो, जहाँ राजश्व तिर्न पनि विचौलियाको भरथेग चाहिन्छ। राज्यको संयन्त्र कागज चिन्छ, काम चिन्दैन। कर्मचारी सेवाग्राही चिन्दैनन, विचौलिया चिन्छन्।

जनताले पाउने सुरक्षा चाकरीको माध्यम बन्यो। दर्ता चलानीको काम समेत शुभलाभविना नहुने दिन आए। हुँदाहुँदा नेपाल मात्र त्यस्तो देश हो, जहाँ राजश्व तिर्न पनि विचौलियाको भरथेग चाहिन्छ। राज्यको संयन्त्र कागज चिन्छ, काम चिन्दैन। कर्मचारी सेवाग्राही चिन्दैनन, विचौलिया चिन्छन्।

राजा त्रिभुवनलाई त्रास देखाइ दिल्ली भगाएर चार वर्षे बच्चोलाई राजा बनाउनेदेखि लिएर प्रचण्डलाई तिलस्मी देवदूतका रुपमा अवतरण गराई एक दशक बीचमा नाङ्गेझार बनाउन प्रकारान्तरमा एउटै प्रवृत्तिले भूमिका खेलेको छ। केपी ओलीलाई पानीजहाज, ग्यासपाइप, बुलेट रेलका विषयमा मच्चीमच्ची भाषण गराउनेले यसरी जोकर बनाइदिए कि सरकारको कार्यकारी प्रमुखले बोलेको विषय हावामा तरवारको प्रहारजस्तै भयो।

राजा ज्ञानेन्द्रलाई देवत्वमा आरुढ गराएर अन्ततः सन्यासी बनाउने लोकमान र गिरिजाप्रसाद कोइरालालाई सन्काएर सम्पूर्ण निजामती प्रशासनमा राजनीतिको विषवृक्ष रोप्ने भोजराज घिमिरे चरित्रले सामाजिक मनोविज्ञान नै आँधीमा परेको डुंगाजस्तो भइरह्यो। त्यसैको परिणाम नेपालको निजामती प्रशासनभित्रका २५ प्रतिशत ट्रेड युनियनका नाममा, २५ प्रतिशत तदर्थवादका नाममा, २५ प्रतिशत अख्तियार, कानुनको त्रास देखाएर हाजिर गरेर जागिर पचाइरहेका छन्। बाँकी २५ प्रतिशतले धानेको सरकारी सेवा कस्तो होला, आफैं अनुमान लगाउन सकिन्छ।

समकालीन नेतामा सादगी जीवन बिताउने छाँटकाँट कसैमा देखिँदैन। एउटा सामान्य पदासीनलाई पनि गाडीघोडा, पछुवाको भोक छ। कानुनले कुनै व्यवस्था नगरेका पूर्वमन्त्री गार्ड लिएर तेस्रो ग्रहबाट झरेको मानिसका रुपमा समाजमा आफूलाई परिचित गराउन खोजिरहेका छन्।

समकालीन नेतामा सादगी जीवन बिताउने छाँटकाँट कसैमा देखिँदैन। एउटा सामान्य पदासीनलाई पनि गाडीघोडा, पछुवाको भोक छ। कानुनले कुनै व्यवस्था नगरेका पूर्वमन्त्री गार्ड लिएर तेस्रो ग्रहबाट झरेको मानिसका रुपमा समाजमा आफूलाई परिचित गराउन खोजिरहेका छन्।

समयको माग भएर कुर्सी आवश्यकता बन्नु र कागताली परेर पदमा पुग्नुको अन्तर नै यही हो। जो जनताको आवश्यक बन्छ, उसलाई बन्दुकको सुरक्षा रुचिकर हुँदैन। हाम्रो हकमा सुरक्षा त्यस्तो तन्तु भएको छ, जसलाई आवश्यकताभन्दा पनि चाकरीको चरम उत्कर्षको रुपमा उपयोग गर्ने गरिन्छ।

राजाको दरबारी नखरा जनताको छोराछोरीले प्रतिनिधित्व गर्ने संस्थामा पनि अक्षरसः अनुवाद गर्ने हो भने भएका राजनीतिक परिवर्तनप्रति जनतामा आस्था र विश्वास कहिल्यै नजाग्ने पक्का छ। सुरक्षा थ्रेट त्यसलाई हुन्छ, जो धेरैको भाग खोस्ने थोरै फटाहाको बस्तीमा आगो झोस्न सक्छ। तर यहाँ त घरका एकमुठी जहान मिलाउने लुर नभएकालाई के को थ्रेट ?

हातमुख जोर्नेदेखि रातिको सोमरससम्म पनि अरुकै आतिथ्यमा जीवन अर्पिएकालाई के झार्न थ्रेट दिनु ? नेताहरुको यही कमजोरीको फाइदा उठाएर स्वार्थीहरुले देशमा फौजी निकायको संख्या लाखौं पु-याइसके। लाख नाघेको निजामती कर्मचारी सत्तरी हजारबाट ओरालो लागिसक्यो। भ्रष्टाचारी ठीक लाउने नाममा अख्तियारका गतिविधि युद्धकालीन माओवादीको एम्बुसभन्दा कम खतरनाक हुन छोड्यो। भ्रष्टाचार, अनाचार, व्यभिचार किन मौलाउँदैछ भनेर त्यसको ओखती खोज्नु साटो सरकारी निकाय नै को बढी तोरी लाउरे देखिने भनेर प्रतिस्पर्धा चल्न थालेको छ।

संसदका समितिहरु हिन्दी सिनेमाका जुँगे तसिल्दारजस्ता भएका छन्। यतिका राजनीति उहापोह हुँदा पनि मोटाउनु र सुन्निनु एउटै होइन भन्ने चेत राजनीतिकर्मीमा आएन। विकासमा कालिकोटको कुरा गर्दा थानकोट र पेटीको कुरा गर्दा केटी भनेर बुझ्ने देशका सारथीले आफूलाई परिवर्तनसँग कहिल्यै रुपान्तरण गरेनन्।

संसदका समितिहरु हिन्दी सिनेमाका जुँगे तसिल्दारजस्ता भएका छन्। यतिका राजनीति उहापोह हुँदा पनि मोटाउनु र सुन्निनु एउटै होइन भन्ने चेत राजनीतिकर्मीमा आएन। फूलपाती लिएर पूजा गर्न जाने कार्यकर्ताको हात शीर्ष नेताहरुको गालामा पुग्दा पनि उनीहरुको कार्यशैलीमा बीसको उन्नाइस सुधार आएन। कथित जनयुद्ध सफल पार्न हजारौंले बलिदान दिएको स्थायी रेकर्ड राखेका माओवादी नेतालाई थाहा छ छैन, ती ठाउँका जिल्ला अदालतले गरेको आधा फैसला सम्बन्ध विच्छेदका छन्। विकासमा कालिकोटको कुरा गर्दा थानकोट र पेटीको कुरा गर्दा केटी भनेर बुझ्ने देशका सारथीले आफूलाई परिवर्तनसँग कहिल्यै रुपान्तरण गरेनन्।

एकदिन एकजना राजनीतिज्ञ मित्रको पक्षमा वक्तव्य दिन मार्क टवेन प्लेटफर्ममा उभिए। विपक्षी दलका विपक्षी दलका विरोधीको हुटिङले उनलाई वक्तव्य दिन मुस्किल परिरहेको थियो। त्यतिमात्र हैन, एक जनाले त बन्दाकोबीले नै झटारो हान्यो। जब बन्दाकोभी ट्वेनको अगाडि खस्यो, उनले त्यसलाई हेर्दै भने- ‘महिला तथा सज्जन वृन्द हाम्रा विपक्षीमध्ये एउटाको काटिएको शिर मेरो खुट्टाको छेउमा लडिरहेको छ। सम्बन्धित पक्षले पोष्टमार्टमका लागि लानुहोला।’ सत्यको बाटो घुमाउरो हुन्न। यदि सत्यमाथि अत्याचार, व्यभिचार गरियो भने मार्क टवेनको ठट्टा सत्य घटना बन्न कतिबेर लाग्दैन।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  १० : २१ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको