जसपा नेपाल महाधिवेशन : अध्यक्षमा उपेन्द्र निश्चित, महासचिवमा को ? « Khabarhub

जसपा नेपाल महाधिवेशन : अध्यक्षमा उपेन्द्र निश्चित, महासचिवमा को ?


३० जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी जसपा नेपालको एकता महाधिवेशनमा अध्यक्षमा उपेन्द्र यादव दोहोरिने निश्चित भएको छ ।

पार्टी स्रोतका अनुसार यादव पुनः अध्यक्षमा दोहोरिन सबैले साथ दिएका छन् । यादव आफैँ नै अध्यक्षका लागि पार्टी नेताहरूले साथ दिएको बताउँछन् ।

महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय कमिटी र २० सदस्यीय पदाधिकारी निर्वाचित हुने जसपा प्रवत्ता मनिस सुमनले जानकारी दिए ।

उनका अनुसार अध्यक्ष– १, सहअध्यक्ष– १, उपाध्यक्ष– ५, महासचिव– २, उपमहासचिव– ३, सचिव– ७ र कोषाध्यक्ष– १ जना चयन हुने छन् ।

जसपा नेपालको महासचिव पदमा नेकपा माओवादी केन्द्र छाडेर जसपा नेपालमा प्रवेश गरेका पूर्व सांसद रामकुमार शर्माले उम्मेदवारी दिएका छन् ।

यस्तै, सह–अध्यक्षमा राजकिशोर यादव र लालबाबु राउत दाबेदार रहेका छन् ।

गत वैशाख २३ गते अशोक राईले पार्टी फुटाएपछि उपेन्द्र यादव ५ सांसदसहित प्रतिनिधि सभामा छन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ११ : ०६ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति