जसपा नेपाल महाधिवेशन : अध्यक्षमा उपेन्द्र निश्चित, महासचिवमा को ? « Khabarhub

जसपा नेपाल महाधिवेशन : अध्यक्षमा उपेन्द्र निश्चित, महासचिवमा को ?


३० जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी जसपा नेपालको एकता महाधिवेशनमा अध्यक्षमा उपेन्द्र यादव दोहोरिने निश्चित भएको छ ।

पार्टी स्रोतका अनुसार यादव पुनः अध्यक्षमा दोहोरिन सबैले साथ दिएका छन् । यादव आफैँ नै अध्यक्षका लागि पार्टी नेताहरूले साथ दिएको बताउँछन् ।

महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय कमिटी र २० सदस्यीय पदाधिकारी निर्वाचित हुने जसपा प्रवत्ता मनिस सुमनले जानकारी दिए ।

उनका अनुसार अध्यक्ष– १, सहअध्यक्ष– १, उपाध्यक्ष– ५, महासचिव– २, उपमहासचिव– ३, सचिव– ७ र कोषाध्यक्ष– १ जना चयन हुने छन् ।

जसपा नेपालको महासचिव पदमा नेकपा माओवादी केन्द्र छाडेर जसपा नेपालमा प्रवेश गरेका पूर्व सांसद रामकुमार शर्माले उम्मेदवारी दिएका छन् ।

यस्तै, सह–अध्यक्षमा राजकिशोर यादव र लालबाबु राउत दाबेदार रहेका छन् ।

गत वैशाख २३ गते अशोक राईले पार्टी फुटाएपछि उपेन्द्र यादव ५ सांसदसहित प्रतिनिधि सभामा छन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ११ : ०६ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले