पार्टी फुटाउने प्रयास भयो : अध्यक्ष नेपाल « Khabarhub

पार्टी फुटाउने प्रयास भयो : अध्यक्ष नेपाल


३० जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.7k
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी फुटाउने प्रयास भएको बताएका छन् ।

बुधबार पार्टी निकट पत्रकार संगठनले कास्कीको पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले पार्टी फुटाउन खोजको हल्ला आफूले पनि सुनेको तर, त्यो हल्ला असफल बनाइदिएको बताएका हुन् ।

उनले भनेका छन्- ‘पार्टी फोर्ने दुस्साहस गरेको छ भने सफल हुँदैन । हल्ला चलेको हो । मैले संसदीय दलको बैठक बोलाएको हो । दलको बैठक बोलाउँदा एकताबद्ध भएर अगाडि बढ्ने वक्तव्य दिएको हो । फाटफुट, आयाराम-गयाराम भइरहन्छ । गयारामभन्दा आयाराम बढी छन् ।’

अध्यक्ष नेपालले पार्टी फुटाउन लागेको सूचना कोही कसैले पाए आफूलाई उपलब्ध गराउन पत्रकारहरूलाई आग्रहसमेत गरेका छन् ।

उनले भने- ‘यो धर्तीमा एस सिद्धियोस् ठान्ने पनि होलान् । प्रयास पनि गर्दा होलान् । त्यस्तो सूचना पाए हामी एकीकृत हुने थियौँ । तपाईँहरू नेपालको खुफिया हो । सूचना पाए बताइदिनुहोला ।’

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  १२ : ३७ बजे

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका