जसपा महाधिवेशन : अध्यक्षबाहेकका पदमा निर्वाचन हुँदै, धमाधम मनोनयन « Khabarhub

जसपा महाधिवेशन : अध्यक्षबाहेकका पदमा निर्वाचन हुँदै, धमाधम मनोनयन


३० जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा) नेपालको एकताको राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढेको छ ।

मधेश प्रदेशको जनकपुरधामस्थित महेन्द्र नारायण निधि भवनमा जारी महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समितिका लागि बिहान साढे ८ बजेदेखि उम्मेदवारी दर्ता  भइरहेको निर्वाचन समितिले जनाएको छ ।

समितिमा पदाधिकारी २०, सदस्य १८१ गरी २०१ सदस्यीय केन्द्रीय समिति रहने छन् । पदाधिकारीमा अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १ जना रहने प्रावधान अनुसार उक्त पदहरुमा उम्मेदवारी दिने क्रम अगाडि बढेको छ ।

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध भइसकेका छन् । उनी स्थापनाकालदेखि नै जसपा अध्यक्ष रहँदै आएका छन् । अब उनी अध्यक्ष निर्वाचित भइसकेपछि अन्य पदमा चुनाव हुने भएको छ ।

पार्टीको विधानअनुसार महिला, आदिवासी/जनजाति, मधेशी, खस आर्य, थारु, दलित, मुस्लिम, अपाङ्गता र अल्पसङ्ख्या, प्रवास समूह समेतको सङ्ख्या सुनिश्चित गरिएको छ ।

नेतृत्व चयनमा अध्यक्षमा उपेन्द्र यादव नै रहने सुनिश्चित भएको छ भने अन्य पदहरुमा मित्रवत प्रतिष्पर्धा हुने भएको छ ।

निर्वाचन कार्यकतालिका अनुसार उम्मेदवारहरूको नामावली प्रकाशन १० बजे, दाबी विरोध १०.०० देखि ११.०० सम्म, मनोनयन फिर्ताका ११.३० देखि २.३० बजेको समयसीमा तोकिएको थियो ।

्

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  १ : ०९ बजे

जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य गरौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायुजन्य विपद्

स्याङ्जामा फस्टाउँदै फूलखेती

वालिङ – पछिल्लो समय स्याङ्जामा व्यावसायिक फूलखेती गर्ने किसानको सङ्ख्या

ट्रम्पको टिप्पणीले अमेरिकी कूटनीतिक प्रतिबद्धताको खोक्रोपन उजागर गर्‍यो : इरान 

काठमाडौँ-  इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिले अमेरिकाको कूटनीतिक प्रतिबद्धताको

तिहारसम्म सयपत्री फूल जोगाउन किसानलाई सकस, बजारको पनि चिन्ता

झापा- तिहार नजिकिँदै गर्दा झापाका सयपत्री फूल उत्पादक किसानलाई फूल टिप्ने

भोटेकोशी बाढीको क्षति वर्गीकरण गरेर मूल्याङ्कन हुँदै

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्रालयले भोटेकोशी बाढीका कारण विभिन्न