एमाले सांसदले लगाए अमेरिका पुगेका क्यान पदाधिकारीमाथि भ्रष्टाचार आरोप | Khabarhub Khabarhub

एमाले सांसदले लगाए अमेरिका पुगेका क्यान पदाधिकारीमाथि भ्रष्टाचार आरोप

खेलाडीलाई होटलमा उभ्याएर चन्दा उठाएको दाबी


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सांसद भीम आचार्यले नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले अमेरिकामा आर्थिक अनियमितता गरेको भन्दै छानबिनका लागि माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै आचार्यले क्यानका पदाधिकारीले अमेरिकामा अवैध रुपमा सहयोग संकलन गर्ने र उनीहरूको मिलोमतोमा महंगोमा नेपालको जर्सीसमेत बेचिरहेको गुनासो आएकाले छानबिन समिति बनाउन माग गरेका हुन् ।

उनले विश्वकप खेल्ने नेपाली खेलाडीलाई होटलमा उभ्याएर चन्दा उठाएको आरोप पनि लगाए ।

खेलाडीले हस्ताक्षर गरेका खेल सामाग्रीहरू पनि मर्यादाहीन ढंगले बेचेर त्यसको लाभ क्यान पदाधिकारीले लिएको उनको आशंका जनाए ।

त्यस्तै उनले क्यानको कमजोरीका कारण सन्दीप लामिछानेले समयमै विश्वकप खेल्न नपाएको बताए । नेपाली टीमलाई पराजित गर्न क्यान पदाधिकारी नै लागेको उनले बताए ।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  १ : ३५ बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग