काभ्रेमा दम्पतीको हत्या : ऋण तिर्ने पैसो जुटाउन लुटपाटको बाटो रोजेका थिए एकेन्द्रले « Khabarhub

काभ्रेमा दम्पतीको हत्या : ऋण तिर्ने पैसो जुटाउन लुटपाटको बाटो रोजेका थिए एकेन्द्रले


३० जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


22.4k
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्‍चोक – जिल्लाको महाभारत गाउँपालिका वडा नम्बर ४ तीनखुट्टेमा दम्पतीको हत्या लुटपाटका क्रममा भएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले बुधबार पत्रकार सम्मेलन गरेर मानबहादुर बल र श्रीमती केकै माया तामाङको हत्यामा हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेका एकजना पुरुषलाई सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले धुलिखेलमा पत्रकार सम्मेलन गर्दै तीनखुट्टेमा जेठ ७ गते भएको दम्पती हत्यामा संलग्न ३८ वर्षीय एकेन्द्र सार्कीलाई सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी बसुन्धरा खड्काका अनुसार दम्पतीको हत्यामा सिन्धुपाल्चोकको जुगल गाउँपालिका-१ घर का ३८ वर्षीय एकेन्द्र सार्कीले संलग्नता स्वीकारेका छन् ।

उक्त घटनापछि हत्यामा संलग्नको खोजीका लागि प्रहरीले ‘अप्रेशन महाभारत’ चलाएको थियो ।

एसपी खड्काका अनुसार एकेन्द्रले जेठ ७ गते राति फलामको रड र घन लगायत घरेलु औजारले हानेर दम्पतीको ज्यान लिएका थिए ।

हत्यापछि एकेन्द्रले सुनका गरगहना, दम्पतीको पसलमा रहेको रिचार्ज कार्ड र केही नगद रकमसमेत लुटेर लगेका अनुसन्धानबाट खुलेको खड्काले बताएकी छन् ।

पक्राउ परेका एकेन्द्रले आफ्नो आर्थिक अवस्था कमजोर रहेको र ऋण तिर्न नसकेकाले पैसा जुटाउन लुटपाटका क्रममा उक्त घटना भएको बयान दिएका छन् ।

उनको आर्थिक अवस्था कमजोर रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । यसअघि लागेको ऋण तिर्न दबाब परेपछि लुटपाट गर्न दम्पतीको हत्या गरेको बयान एकेन्द्रले दिएको खड्काले बताएकी छन् । तर प्रहरीले एकेन्द्रलाई कति ऋण लागेको थियो भन्ने कुरा खुलाएको छैन ।

काभ्रे प्रहरीले तेमाल गाउँपालिका-२ काफलडाँडास्थित चुखाबाट तीनपीपल जाने कच्ची सडक खण्डमा ५७ वर्षीया साहिँली तामाङलाई फलामको रडले हत्या गरेको प्रकरणका अभियुक्त पनि सार्वजनिक गरेको छ ।

साहिँलीलाई शरीरको विभिन्न भागमा रडले हानेर विभत्स रुपमा हत्यामा संलग्न भएको अभियोगमा त्यही ठाउँका ५७ वर्षीय मानध्वज तामाङलाई प्रहरीले बुधबार नै सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  २ : १७ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर