‘क्यान’ भित्रको अनियमितता छानबिन गर्न माग « Khabarhub

‘क्यान’ भित्रको अनियमितता छानबिन गर्न माग


३० जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा नेपाल क्रिकेट सङ्घ (क्यान) भित्र अनियमितता भएको दाबी गर्दै त्यसको छानबिन गर्न माग गरिएको छ । 

बैठकको आकस्मिक समयमा नेकपा (एमाले) का सांसद भीमप्रसाद आचार्यले संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा संयुक्तरुपमा भइरहेको आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा क्यानले सन्दिप लामिछानेलाई १५ सदस्यीय टोलीमा समावेश नगरेको, राम्रो खेलाडीलाई हटाएर टोलीलाई हराउन लागेको र अमेरिकामा उठाएको चन्दा क्यानले आफ्नो खातामा नराखी दुरुपयोग गरेको विषय बाहिर आएको उल्लेख गरे। 

सांसद आचार्यले ब्याट र नेपालको जर्सीमा रकम हिनामिना भएको, नेपालीले प्राप्त गरेको चार सय टिकट र २० ‘भिआइपी पास’ पनि अवैध रुपमा बिक्री गरेकोलगायत विषयमा गुनासो आएकाले यस विषयमा सरकारले तत्काल छानबिन गर्नुपर्ने माग गरे।  

सांसद गणेश पराजुलीले विद्युत् प्रसारणका कारण कर्णालीवासीले सास्ती खेप्नु परेकाले उद्योग, व्यवसाय सञ्चालन गर्न अवरोध सिर्जना भएको तथा गर्मीमा पङ्खासमेत नचल्ने अवस्थाका कारण दैनिकी कष्टकर भएको बताए। 

उनले कर्णालीवासीलाई अन्धकारबाट मुक्त गर्न यथाशीघ्र पर्याप्त विद्युत् प्रसारण गर्न सरकारको ध्यानाकर्षण गराए । 

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  २ : २४ बजे

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको