एकल अंकले बढ्यो नेप्से, कारोबार ५ अर्ब ८९ करोडमाथि   « Khabarhub

एकल अंकले बढ्यो नेप्से, कारोबार ५ अर्ब ८९ करोडमाथि  


३० जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पार गरेको २१ सय विन्दु बुधबार पनि कायम भएको छ । 

सोमबार नेप्से ८.९० अंकले,  मंगलबार ३३.१५ अंकले र आज बुधबार ६.३८ अंकले नेप्से बढेको छ । आज नेप्से ०.३० प्रतिशतले बढेर २१२१.६२ विन्दुमा पुगेको छ । 

आज ५ अर्ब ८९ करोड ४० लाख ८९ हजार रुपैयाँ बराबरको १ करोड २९ लाख ५० हजार ४०७ कित्ता शेयर ७४ हजार ७४ हजार ८५८ पटक किनबेच भएको छ । 

बुधबार ३१२ वटा कम्पनीको शेयर कारोबार हुँदा ११९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ११५ कम्पनीको शेयर मूल्य घटेको छ । १३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।  

आज सेन्सेटिभ इन्डेक्स १.६७ अंकले, फ्लोट इन्डेक्स ०.५२ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६० अंकले घटेको छ। 

बुधबार १३ समूहमध्ये ९ समूहको शेयर मूल्य बढेको छ भने ४ समूहको शेयर मूल्य घटेको छ । सबैभन्दा बढी लघुवित्त समूहको ४१.२७ अंकले बढेको छ भने सबैभन्दा बढी निर्जीवन बीमा समूहको ५३.२० अंकले घटेको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ३ : १९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको