एकल अंकले बढ्यो नेप्से, कारोबार ५ अर्ब ८९ करोडमाथि   | Khabarhub Khabarhub

एकल अंकले बढ्यो नेप्से, कारोबार ५ अर्ब ८९ करोडमाथि  


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पार गरेको २१ सय विन्दु बुधबार पनि कायम भएको छ । 

सोमबार नेप्से ८.९० अंकले,  मंगलबार ३३.१५ अंकले र आज बुधबार ६.३८ अंकले नेप्से बढेको छ । आज नेप्से ०.३० प्रतिशतले बढेर २१२१.६२ विन्दुमा पुगेको छ । 

आज ५ अर्ब ८९ करोड ४० लाख ८९ हजार रुपैयाँ बराबरको १ करोड २९ लाख ५० हजार ४०७ कित्ता शेयर ७४ हजार ७४ हजार ८५८ पटक किनबेच भएको छ । 

बुधबार ३१२ वटा कम्पनीको शेयर कारोबार हुँदा ११९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ११५ कम्पनीको शेयर मूल्य घटेको छ । १३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।  

आज सेन्सेटिभ इन्डेक्स १.६७ अंकले, फ्लोट इन्डेक्स ०.५२ अंकलेसेन्सेटिभ फ्लोट इन्डेक्स ०.६० अंकले घटेको छ। 

बुधबार १३ समूहमध्ये ९ समूहको शेयर मूल्य बढेको छ भने ४ समूहको शेयर मूल्य घटेको छ । सबैभन्दा बढी लघुवित्त समूहको ४१.२७ अंकले बढेको छ भने सबैभन्दा बढी निर्जीवन बीमा समूहको ५३.२० अंकले घटेको छ ।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ३ : १९ बजे

सिमलताल घटनाः बेपत्ता बसको खोजीका लागि भारतबाट विज्ञ ल्याइने

काठमाडौं – नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालबाट पहिरासँगै खसेको दुई बस

जुम्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

जुम्ला – जुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

बर्दियामा हात्तीको आक्रमणबाट एकको मृत्यु, एक घाइते

बर्दिया – बर्दियामा हात्तीको आक्रमणमा परी आज एकको मृत्यु भएको

कर्मचारी सञ्चय कोषको ब्याजदर परिवर्तन

काठमाडौं – कर्मचारी सञ्चय कोषले सञ्चय कोष तथा निवृत्तभरण कोष

पशुपतिनाथ मन्दिरमा आउने भक्तजनका लागि तयारी पूरा

काठमाडौं – पशुपतिनाथ मन्दिर परिसरमा साउन महिनाको सबै तयारी पूरा