थला परेको अर्थतन्त्रलाई चलायमान बनाउन जरुरी : माधव नेपाल « Khabarhub

थला परेको अर्थतन्त्रलाई चलायमान बनाउन जरुरी : माधव नेपाल


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

लेखनाथ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केही वर्षदेखि थला परेको नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार सक्रिय भएर लाग्नुको विकल्प नभएको बताएका छन् ।

समाजवादी प्रेस संगठन नेपाल कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले  भने, ‘राजनीतिक स्थिरता, परिवर्तन र सुशासनसँग जोडिएको अर्थतन्त्र बलियो बनाउन सकेनौँ भने लोकतन्त्र नै कमजोर भएर जान्छ ।’

लोकतन्त्र समाप्त पार्न खोज्ने शक्ति सक्रिय  भइरहेको अवस्थामा प्रधानमन्त्रीले अर्थतन्त्र  बलियो  बनाएर जनताको आयस्रोत वृद्धि गर्न जरुरी भएको भनाइ उनको थियो । 

अर्थतन्त्रलाई बलियो बनाउने कार्यमा प्रधानमन्त्रीले अर्थतन्त्रका विज्ञ र पूर्वप्रधानमन्त्रीहरुसँग  छलफल तथा राय सुझाव लिएर अगाडि बढ्नसमेत नेपालले सुझाव दिए।

लोकतन्त्रको हितमा सहकार्य गर्दै अगाडि बढ्ने समाजवादी पार्टीको उद्देश्य भएकाले प्रधानमन्त्रीकै लागि आफूले मरिहत्ते नगरेको जिकिर उनको थियो । एकीकृत समाजवादी पार्टीको दशौँ महाअधिवेसन असारको पहिलो हप्ता काठमाडौँमा हुने जानकारी दिँदै उनले महाधिवेशन तयारीका लागि २७ सदस्यीय मस्यौदा समितिसमेत गठन गरिएको जानकारी दिए। 

महाधिवेशनमा राजनीतिक, संगठनात्मक, समाजवाद र पार्टी विधानसम्बन्धी मूल विषय बनाएर छलफल हुने पनि सो अवसरमा उनले जानकारी दिए । बाहिर चलेको हल्ला झैँ समाजवादी पार्टी फुट्ने कुनै सम्भावना नरहेको दाबीसमेत उनको छ । 

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ३ : २४ बजे

कांग्रेसमा गुटगत समस्या अन्त्य भएको गगन थापाको घोषणा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले आजबाट पार्टीमा गुटगत

गगनले कांग्रेसको मान्यता खोसेपछि पूर्णबहादुरले डाके आफ्नो समूहको बैठक

काठमाडौं – निर्वाचन आयोगले शुक्रबार साँझ गगनकुमार थापा नेतृत्वको समूहलाई

राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?

काठमाडौं – शेरबहादुर देउवा नेपाली कांग्रेसको निवर्तमान सभापति भइसकेका छन्

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जाने विश्वप्रकाशको घोषणा

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन आयोगले गगन

सभापति थापाले भने : कांग्रेसलाई एकताबद्ध बनाएर ‘रिफर्म’को यात्रा सुरु भयो

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विशेष महाधिवेशनपछि पार्टी