एनपी साउदको टिप्पणी : प्रचण्डले भारत भ्रमणलाई उपलब्धिमूलक बनाउन सकेनन् « Khabarhub

एनपी साउदको टिप्पणी : प्रचण्डले भारत भ्रमणलाई उपलब्धिमूलक बनाउन सकेनन्


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

रोल्पा- नेपाली कांग्रेसका नेता एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणलाई उपलब्धिमूलक मान्न नसकिने बताएका छन् ।

नेपाल प्रेस युनियन रोल्पाले बुधबार गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री साउदले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहका लागि भएको प्रचण्डको भारत भ्रमणलाई उपलब्धिमूलक मान्न नसकिने बताएका हुन् ।

‘उहाँ भ्रमणमा जाँदै गर्दा आफ्नो देशका महत्वपूर्ण केही एजेन्डा लिएर जानुपर्‍थ्यो, अलिकति पूर्वतयारीका साथ जानुपर्‍थ्यो,’ नेता साउदले भने, ‘तर त्यो देखिएन । त्यसैले प्रधानमन्त्रीको भारत भ्रमणलाई उपलब्धिका रूपमा मान्ने अवस्था छैन ।’

बजेट विनियोजनलाई कांग्रेसले गम्भीर रूपमा लिएको बताउँदै साउदले संसद्‍मा पनि कांग्रेसका सांसदहरूले यसबारे प्रश्न उठाइरहेको बताए ।

‘हामीले नजिकबाट प्रमुख प्रतिपक्षी दलको हिसाबले नीति तथा कार्यक्रम र बजेटलाई गम्भीरतापूर्वक अध्ययन गरेर प्रश्न उठाइरहेका छौं,’ उनले भने ।

कांग्रेसको निरन्तरको मागका कारण सहकारी ठगी प्रकरणमा संसदीय समिति बनेको उनको जिकिर थियो । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले चाँडै प्रतिवेदन दिने र निष्कर्ष आउने नेता साउदले बताए ।

नेपालमा व्यापक भ्रष्टाचार मौलाएको भन्दै उनले त्यसविरुद्ध कांग्रेसले निरन्तर आवाज उठाउँदै आएको बताए ।

पछिल्लो समय कांग्रेस संसदमा सबैभन्दा ठूलो दल भएको र अहिले विपक्षी दलको हिसाबले कसरी संसदमा प्रस्तुत हुने भन्ने विषयमा जिल्लास्तरमा रहेका नेतृत्व तथा कार्यकर्ताको धारणा बुझ्न जिल्लास्तरमा आएको साउदले बताए ।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ५ : ०३ बजे

प्रधानमन्त्री कार्की र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

ला लिगा : रायो भालेकानोविरुद्ध बार्सिलोना

काठमाडौं – स्पेनिस ला लिगामा बार्सिलोनाले महत्वपूर्ण जित निकालेको छ।

३० हजार किमि उड्ने चराको सङ्कट

रियो डी जेनेरियो – पृथ्वीको एक छेउबाट अर्को छेउसम्म हरेक

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि बसाहा क्लबलाई

सुनसरी – पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय गोल्डकप

चुनावी धक्कासँगै कांग्रेसमा बढ्यो समानान्तर गतिविधि, कसरी जोगिएला फुटबाट ?

काठमाडौं- जेन–जी आन्दोलनपछिको तीन महिना गलफत्तीमा बिताएको नेपाली कांग्रेसले पुस