सौर्य आँधीका बेला आदित्य-एल-१ ले खिचेका सूर्यको तस्बिर सार्वजनिक « Khabarhub

सौर्य आँधीका बेला आदित्य-एल-१ ले खिचेका सूर्यको तस्बिर सार्वजनिक


३० जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको पहिलो सौर्य मिशन आदित्य-एल१ ले खिचेका सूर्यका केही तस्बिरहरू आइएसआरओले जारी गरेको छ।

यी तस्बिरहरू सन् २०२४ मेमा आएको सौर्य आँधीको समयका हुन् । जसलाई आदित्य-एल१ अन्तरिक्ष यानमा राखिएका दुईवटा रिमोट सेन्सिङ उपकरणमार्फत लगिएको थियो ।

यो त्यही सौर्य आँधी थियो, जसका कारण भारतको लद्दाखलगायत विश्वका धेरै ठाउँको आकाश अनौठो बत्तीले रातो भएको थियो ।

सोमबार तस्बिरहरू जारी गर्दै, आइएसआरओले एक्समा एउटा पोस्ट लेखेको छ । ‘सोलार अल्ट्राभायोलेट इमेजिङ टेलिस्कोप (एसयुआईटी) र भिजिबल एमिशन लाइन कोरोनाग्राफ (भीइएलसी) ले मे २०२४ मा सौर्य गतिविधिहरू खिचेको छ । आदित्य-एल१ को पेलोडले कोरोनल मास इजेक्शनसँग सम्बन्धित धेरै एक्स-क्लास र एम-क्लास फ्लेयरहरू लिएको छ’, उक्त पोस्टमा भनिएको छ।

मे ८ देखि १५ सम्म, सूर्यमा सक्रिय क्षेत्र एआर१३६६४ मा धेरै एक्स-क्लास र एम-क्लास फ्लेयर विस्फोट भयो । जुन मे ८ र ९ मा भएको कोरोनल मास इजेक्शन (सीएमई) सँग सम्बन्धित थियो । यसले मे ११ मा ठूलो भू-चुम्बकीय आँधीलाई जन्म दियो ।

यी तस्बिरहरूले सनस्पटहरू, अम्रेला, पिन्नब्रा र प्लाजको चमक देखाउँछन् ।

आइएसआरओले भन्यो कि यसले खगोल भौतिक शास्त्रीहरू (अन्तरिक्ष घटनाहरूमा अनुसन्धान गरिरहेका वैज्ञानिकहरू) लाई सौर्य ज्वालाहरूको अध्ययन, तिनीहरूको ऊर्जा वितरण, सनस्पटहरू, फराकिलो तरंग लम्बाइमा पराबैजनी विकिरण र दीर्घकालीन सौर्य भिन्नताहरूको अध्ययनमा मद्दत गर्नेछ ।

आदित्य-एल१ १२७ दिनमा लगरेन्ज पोइन्टमा पुग्यो 

आदित्य-एल१ २ सेप्टेम्बर २०२३ मा लन्च गरिएको थियो । १२७ दिन पछि, जनवरी ६, २०२४मा लगरेन्ज बिन्दुमा पुग्यो। एल१ पृथ्वीबाट लगभग १.५ मिलियन किलोमिटरमा छ । आदित्य स्पेसक्राफ्टले बिनाकुनै अवरोध यहाँबाट सूर्यको गतिलाई निरन्तर लिइरहन्छ ।

दैनिक भास्करबाट साभार 

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ७ : १८ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण