दुर्लभ चराको बासस्थान बन्यो रेसुङ्गा र मदाने « Khabarhub

दुर्लभ चराको बासस्थान बन्यो रेसुङ्गा र मदाने


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गुल्मी– नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा विभिन्न प्रजातिका ३५ प्रतिशत चरा फेला परेका छन् । 

पक्षी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले गुल्मीको रेसुङ्गा र मदाने संरक्षित वन क्षेत्रमा ३५ प्रतिशत चरा फेला चरा रहेका जानकारी दिए। 

उनका अनुसार यहाँका वनक्षेत्रमा विश्वमा दुर्लभ मानिनेमध्ये छ प्रजातिका चरा पाइन्छ । नेपालमा पाइने दुर्लभ प्रजातिमध्ये चिरकालिज, रणमच्च महाचिल, डङ्गर गिद्द, सोतो गिद्द, सुन गिद्दगोमायो महाचिलसहित यो क्षेत्र दुर्लभ चराहरूको बासस्थान बनेको उनले बताए ।  

यहाँ नेपालमा मात्र पाइने काँडेभ्याकु पनि फेला परेको छ । पक्षी संरक्षण संघले पछिल्लो पटक गरेको चरा गणनाअनुसार रेसुङ्गा वन क्षेत्रमा दुई सय ५९ प्रजाति र मदाने वन संरक्षण क्षेत्रमा दुई सय ७२ प्रजातिका चरा फेला परेका तथ्यांक छ । समग्र यहाँका वनमा तीन सय पाँच प्रजातिका चरा भेटिएका र यो सङ्ख्या नेपालमा पाइने चरा प्रजातिको सङ्ख्याअनुसार ३५ प्रतिशत रहेको जनाइएको छ । 

समुन्द्र सतहदेखि दुई हजार तीन सय मिटरको उचाइमा रहेको यो क्षेत्र पर्यावरणीय र जैविक विविधताले पनि भरिपूर्ण मानिन्छ । यहाँ पाइने सयौँ प्रकारका वनस्पतिले अतिसंकटापूर्ण अवस्थामा रहेका चराको बासस्थानलाई जोगाउन मद्दत पुर्‍याएको छ । 

सङ्घले गुल्मीको रेसुङ्गा र गुल्मी दरबारमा जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रममार्फत दुर्लभ चराहरुको खोजी गर्दै आइरहेको छ । यस कार्यक्रमले वन क्षेत्रसँग जोडिएका स्थानीयवासीलाई वन जङ्गलको संरक्षण र संवर्द्धनसँगै आर्थिकोपार्जनमा टेवा पुर्‍याउने गतिविधि सञ्चालन गरिरहेको छ । 

यहाँ दुर्लभ प्रजातिका चरा भए पनि तिनको संरक्षणका लागि उपयुक्त बासस्थान र खानेपानी अभाव मुख्य चुनौतीका रुपमा रहेको जानकारहरू बताउँछन् । त्यसका अतिरिक्त वन डढेलोका कारण दुर्लभ चराहरु संरक्षणमा थप चुनौती थपिएको नागरिक समाजका संयोजक पदमप्रसाद पाण्डेको भनाइ छ । 

पछिल्लो समयमा वन डढेलो, विद्युतीय प्रसारण लाइन, खानेपानीको अभाव र वन्यजन्तु एवं चराचुरुङ्गीहरुको अवैध चोरीसिकार आदिका कारण चरा पनि संकटापन्न अवस्थामा रहेका छन् । नेपाल पक्षी संरक्षण सङ्घले विगत छ वर्षदेखि डिभिजन वन कार्यालय गुल्मीसँग सहकार्य गरी चरा गणना र संरक्षणका क्षेत्रमा काम गरिरहेको छ । 

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ७ : ५६ बजे

त्रिचन्द्र क्याम्पसमा ‘भिक्षाम् देही’ अभियान

काठमाडौं– त्रिचन्द्र बहुमुखी क्याम्पसको पूर्वाधार विकासका लागि विद्यार्थीहरूले ‘भिक्षाम् देही’

प्रधानमन्त्रीसँगै फेरियो सिंहदरबार र बालुवाटारको दैनिकी

काठमाडौं- गत १४ चैतमा प्रधानमन्त्री नियुक्ति भएका वालेन्द्र शाहसँगै बालुवाटार

विश्वकै शक्तिशाली नौसेनाविरुद्ध प्रतिकार गर्न इरानसँग कुनै शक्ति बाँकी छैन : युद्धमन्त्री हेगसेथ

काठमाडौं- अमेरिकी युद्धमन्त्री पिट हेगसेथले स्ट्रेट अफ हर्मुजमा अमेरिकाको नियन्त्रण

सडक मानवमुक्त अभियान सुरु, पहिलो दिन ९ जनाको उद्धार

काठमाडौं– काठमाडौं महानगरपालिकाले सडक आश्रित सहयोगापेक्षी मानवमुक्त सहर बनाउने अभियान

शिक्षाको सुधारका लागि मन्त्रीसमक्ष सुझाव पेस

काठमाडौं– प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नेपालको शिक्षा प्रणालीमा देखिएका संरचनात्मक,