चीन–ताइवान युद्धले विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने चेतावनी « Khabarhub

चीन–ताइवान युद्धले विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने चेतावनी


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनले ताइवानमाथि आक्रमण गरे विश्व अर्थतन्त्रमै नकारात्मक असर पर्ने देखिएको छ ।

ब्लुम्बर्गका अनुसार चीनले ताइवानमाथि आक्रमण गरे त्यसबाट उत्पन्न हुने व्यापार अवरोधबाट विश्वको कल ग्राहस्थ उत्पादनमा १० ट्रिलियन डलर अर्थात् १० प्रतिशतसम्म कमी आउने आँकलन गरिएको छ ।

ताइवान र चीनबीचको समुद्री मार्ग भएर विश्व पारवहनको ५० प्रतिशत पानीजहाजको आवत जावत हुन्छ । चीन र ताइवानबीच युद्ध भएमा यसले विश्व अर्थतन्त्रमा कोरोना महामारीको समयभन्दा भयानक अवस्था सिर्जना गर्ने हिन्द प्रशान्त मामिलाका लागि अमेरिकी सहायक रक्षामन्त्री एली राट्नर बताउँछन् ।

ताइवान र चीनबीच हुने सम्भावित युद्धबाट हुने असरलाई लिएर विभिन्न मुलुकहरुले चिन्ता व्यक्त गर्दै आएका छन् । चीन र ताइवानबीच हुने युद्धबाट हाल जारी रुस युक्रेन युद्ध वा इजरायल हमास युद्धभन्दा अझ बढी घातक र विश्व अर्थ व्यवस्थाका लागि हानीकारक हुने जनाइएको छ ।

बेलायतका गृहमन्त्री जेम्स क्लेभेर्लीले ताइवानमा हुने युद्धबाट हुने हानीबाट कुनै पनि मुलुक सुरक्षित नहुने चेतावनी दिएको द हङकङ पोस्टले जनाएको छ । यस्तो युद्धबाट चीन पनि अछुतो नहुने बताइएको छ ।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ८ : ३४ बजे

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण