वीरगन्जका गोदाममा सशस्त्र प्रहरीको छापा, ४४ लाख बढीको सामान बरामद « Khabarhub

वीरगन्जका गोदाममा सशस्त्र प्रहरीको छापा, ४४ लाख बढीको सामान बरामद


३० जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज – पर्साबाट सशस्त्र प्रहरीले ४४ लाख भन्दा धेरै रकम पर्ने अवैध सामान बरामद गरेको छ ।

वीरगन्ज महानगरपालिका–१९ बर्वा लगायत विरगञ्जका विभन्न स्थानबाट मंगलबार राति सशस्त्र प्रहरीले अवैध गोदाममा छापा मारेर ४४ लाख बढीको अवैध सामान नियन्त्रणमा लिएको हो ।

प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको सुरक्षा टोलिले विरगञ्ज भन्सार कार्यालयका कर्मचारी समेतको उपस्थितीमा अवैध रुपले राखिएको गोदाममा छापा मारेर सोन्दर्य क्रिम, मुङ दाल, मोटर पार्टपुर्जा तथा अन्य अवैध सामान बरामद गरेको प्रहरीले जनाएको छ ।

बरामद सामानमा १४ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको लेक्मी ब्राण्डको क्रिम १४ हजार ५ सय ९२ पिस, सोही ब्राण्डको ८ लाख ६ हजार ४ सय रुपैयाँ बराबरको १६ हजार १ सय २८ पिस क्रिम रहेको छ ।

यस्तै मानिस सोही स्थानको एक घरमा अवैध रुपले गोदाम गरी राखिएको ६ लाख रुपैयाँ बराबरको ३ हजार किलो दाल समेत बरामद भएको छ ।

सार्थ महानगरपालिका–१० बाट अवैध रुपमा राखिएको ११ लाख रुपैयाँ बराबरको मोटर पार्टपुर्जा र १० लाख ७५ हजार मुल्य बराबरको किराना सामान समेत बरामद गरेको छ ।

बरामद सामान बुधबार बिहान आवश्यक अनुसन्धान तथा कारवाहीको लागि विरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ९ : १३ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर