विद्युतीकरणले झिलीमिली भयो महाभारत « Khabarhub

विद्युतीकरणले झिलीमिली भयो महाभारत


३० जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

धुलिखेल – काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा केन्द्रीय प्रसारणको विद्युत् जडान भएपछि सबै गाउँघर झिलिमिली भएका छन् । विसं २०७५ बाट विद्युतीकरण सुरु भएकोमा यही जेठ महिनाभित्र सम्पन्न भएको हो ।

गाउँपालिकालाई पूर्ण विद्युतीकरण घोषणा गर्ने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए । पालिकामा अहिलेसम्म तीन हजार चार सय ३० वटा मिटरबक्स वितरण भइसकेको र ती सबै घरमा बत्ती बलिसकेको गाउँपालिको जनाएको छ ।

बिहिबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले महाभारत गाउँपालिकालाई पूर्णविद्युतीकरण पालिका घोषणा गर्ने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष जिम्बाले जानकारी दिए ।

‘अब हामी पूर्णविद्युतीकरण पालिका भइसकेका छौँ’, उनले भने, ‘विसं २०७५ सालदेखि सुरु गरेको विद्युतीकरण विसं २०७६ देखि कार्यान्वयनमा ल्याएको र हाल ती सबै कार्य पूरा गर्न सफल भएका छौँ ।’

विद्युत जोडिएपछि गाउँमा साना उद्योगसमेत सञ्चालनमा आएको उनले बताए । विद्युत जडान भएपछि यहाँका नागरिकले पिठो पिस्ने मिल, दूध मिल, चिस्यान केन्द्र तेल पेल्ने मिल र कफी सफा गर्ने मेसिनलगायतका साना घरेलु उद्योग सञ्चालनमा ल्याएका छन् ।

महाभारत गाउँपालिका–४ कलवानका स्थानीयवासी दिपेश लामाले बत्ती बलेपछि निकै उत्साह बढेको बताए। यसअघि बालबालिकालाई पढाउन टुकी बत्तीको सहारा चाहिने बाध्यता अन्त्य भएको उनको भनाइ छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ९ : ३३ बजे

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने