जातीय छुवाछूत प्रथा अज्ञानताको उपज हो : प्रदेश प्रमुख मियाँ « Khabarhub

जातीय छुवाछूत प्रथा अज्ञानताको उपज हो : प्रदेश प्रमुख मियाँ


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

कैलाली – जातीय छुवाछूत प्रथा अज्ञानताको उपज रहेको सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले बताएका छन्।

सुदूरपश्चिम स्काउट शान्ति सुरक्षा कोर टिमले आयोजना गरेको जातीय छुवाछूतविरुद्धको अन्तक्र्रिया कार्यक्रममा प्रमुुख मियाँले त्यो अज्ञानतालाई हटाउन सबैले सङ्घर्ष गर्नुपर्ने बताए।

सुदूरपश्चिममा अझै जातीय छुवाछूत कायम रहेको बताउँदै उनले भने, ‘विभेद अन्त्यका लागि सबैभन्दा पहिले सकारात्मक सोचको विकास हुुन आवश्यक छ ।’

संसारभरि छुवाछूत अन्त्यको अभियान चलिरहेको बताउँदै उनले नेपाली समाजमा पनि त्यो अभियान प्रभावकारी बनाउनुपर्ने धारणा राखे । उनले छुवाछूतविरुद्ध बलियो कानुन रहेकाले त्यसलाई प्रश्रय दिए कानुनको दायरमा सबै आउने स्पष्ट पारे ।

कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडकबहादुर रावतले जातीय छुवाछूत गर्नेलाई दण्डित गर्ने कानुुन रहेको बताए । विभेद गर्नेलाई दण्ड गर्ने कानुन भए पनि छुवाछूत अझै विद्यमान रहेको उनको भनाइ थियो ।

उनले भने, ‘दण्ड सजायले मात्रै केही हुँदैन भावनात्मक र मानसिक रुपमा हटाउन सक्नुपर्छ ।’ नगरप्रमुख रावतले आगामी आवमा जातीय छुवाछूत अन्त्यका लागि विभिन्न कार्यक्रम गर्ने कार्य योजनामा समेटिएको जानकारी दिए ।

इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक दीर्घबहादुर साउदले छुवाछूतसम्बन्धी कानुनी व्यवस्थाबारे सहभागीलाई जानकारी गराएका थिए । उनले विभिन्न सङ्घ संस्थासँग मिलेर घरेलु हिंसा र जातीय छुवाछूतविरुद्ध समुदायस्तरमा सचेतनामूलक कार्यक्रम गरिरहेको बताए ।

सुदूरपश्चिम स्काउट शान्ति सुरक्षा कोर टिम संयोजक पुष्करराज अवस्थीले छुवाछूत अन्त्यका लागि युवा वर्ग बढी सचेत रहनुपर्ने बताए ।

उनले सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा यस्ता जनचेतनामूलक कार्यक्रम आयोजना गरिने बताए । अन्य जिल्लामा लागुऔषध, आत्महत्या, छुवाछूत र छाउपडी प्रथालगायतका विषयमा अन्तरकृया गरिने अवस्थीले बताए ।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ९ : ४२ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग