दुई यात्रु बस पहिरोले बगाएको स्थानमा प्रजिअसहितको टोली पुग्यो « Khabarhub

दुई यात्रु बस पहिरोले बगाएको स्थानमा प्रजिअसहितको टोली पुग्यो


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनमा २ वटा यात्रु बस पहिरोले बगाएको छ । नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा दुई वटा बस त्रिशुली नदीमा खसेका छन् ।

शुक्रबार बिहान साढे ३ बजे खसेको लेदोसहितको पहिरोले काठमाडौं–वीरगञ्ज र काठमाडौं–गौर चल्ने यात्रुबहाक बस बगाएको जानकारी प्राप्त भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

काठमाडौं–वीरगञ्ज चल्ने बसमा २४ जना र काठमाडौं–गौरको बसमा ४१ जना यात्रु सवार रहेको जानकारी आएको प्रजिअ यादवले बताए । तर ती बस कता जाँदै थिए भन्ने खुलेको छैन ।

अहिले उद्धारका लागि चितवन प्रहरी प्रमुख भावेष रिमालको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको छ। प्रजिअ यादवसहितको टोली पनि घटनास्थलमा छ ।

 

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ६ : २८ बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका