पृथ्वी राजमार्ग नारायण-मुग्लिन सडकमा पहिरो, यातायात दुईतर्फी ठप्प  « Khabarhub

पृथ्वी राजमार्ग नारायण-मुग्लिन सडकमा पहिरो, यातायात दुईतर्फी ठप्प 


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गअन्तर्गतका विभिन्न स्थानमा पहिरो खसेपछि यातायात ठप्प भएको छ। संघीय राजधानी काठमाडौंलाई देशका अन्य भागसँग जोड्ने प्रमुख सडकमा यातायातका साधन चल्न सकेका छैनन् ।

भरतपुर महानगरपालिका-२९ सिमलतालनजिक खसेको पहिरोले वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स यात्रु वाहक बस बगाएको छ।

 पहिरोले काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखिएको बसलाई पनि बगाएको छ । दुवै बस त्रिशुली नदीमा खसेकाले खोजी र उद्धार चलिरहेको छ ।

भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा पनि पहिरो खसेको छ । पहिरोसँगै खसेको ढुंगाले लागेर बुटवलबाट काठमाडौँ जाँदै गरेको बस चालकको मृत्यु भएको छ । पहिरोले क्षतिग्रस्त बस अहिले घटनास्थलमै छ । 

पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका–३ फिस्लिङ र नारायणगढ–मुग्लिन सडक अन्तर्गत इच्छाकामना–६ कालिखोलानजिक बिहान ४ः१५ बजे लेदोसहितको पहिरो झरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अहिले सबै ठाउँमा पहिरो पन्छाउन डोजरसहितको जनशक्ति परिचालन गरिएको छ। राजमार्ग दुईतर्फी ठप्प छन् ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ७ : ०० बजे

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको