पहिरोमा पुरिएर कास्कीमा एकै परिवारका सातसहित १० जनाको मृत्यु  « Khabarhub

पहिरोमा पुरिएर कास्कीमा एकै परिवारका सातसहित १० जनाको मृत्यु 


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45.1k
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरा महानगरपालिकामा गएराति पहिराले घर पुरिँदा एकै परिवारका ७ जनाको ज्यान गएको छ ।

पोखरा महानगरपालिका वडा नं. १९ पुरुन्चौर ठाँटीका कुलबहादुर परियारको घर गएराति सवा १० बजे झरेको पहिरोले पुरिँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा कुलबहादुर परियार, मनकुमारी परियार, लक्ष्मी परियार, प्रशना परियार, प्रभाव परियार, अमित परियार र राधिका परियार छन् ।

पहिरोमा पुरिएका उक्त परिवारका २ जनाको उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

पहिरोले पोखरा-३२ चैनपुर र मादी-११ तल्लो साप्लेमा पनि थप ३ जनाले ज्यान गुमाएका छन्। 

स्थानीय आरती ओझाको टिनले छाएको एक तले घर माथिबाट आएको पहिरोले पुरिँदा उनकी २ छोरीसहित ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा १८ वर्षीया अनिता ओझा, ११ वर्षीया अनुष्का ओझा र दाइको छोरा ९ वर्षीय प्रतीक सुवेदी छन् । घटनामा घरधनी ४० वर्षीया आरती घाइते भएकी छन् ।

नारायणगढ-मुग्लिन सडकमा पहिरोसँगै खसेको ढुंगाले लागेर बस चालकको मृत्यु

चितवनको सिमलतालमा पहिरोले दुईवटा यात्रु बस बगायो

पहिरोले बगाएका दुवै बसमा थिए ६५ जना यात्रु

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ७ : २६ बजे

महिला उपसभापति र महामन्त्रीमा भुसाल र संग्रौला निर्विरोध हुने सम्भावना

काठमाडौँ – नेपाली कांग्रेसले चारजना उपसभापति बनाउने विधान थपेको छ।

नेपाल राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका नयाँ सिक्का ल्याउने

विकासोन्मुख देशको आवश्यकतामा केन्द्रित हुँदै चीनको विकास पहल

बेइजिङ- चीनले अघि सारेको विश्वव्यापी विकास पहल (जीडीआई) पाँच वर्ष पूरा

गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम

मुस्ताङ– चाडपर्वमा गुल्जार हुने  मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम बनेको छ

बाढीमा आमाबुवा गुमाएका बालबालिकाको व्यवस्थापन : दीर्घकालीन स्याहार योजना कार्यक्रममा समावेश

काठमाडौं– भोटेकोशी बाढीका कारण आमाबुवा गुमाएका उत्तरगया गाउँपालिका–१ का बालबालिका