इतिहास रच्ने मोडमा कोलम्बिया : के रोकिएला अर्जेन्टिना ? | Khabarhub Khabarhub

इतिहास रच्ने मोडमा कोलम्बिया : के रोकिएला अर्जेन्टिना ?


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

सन् १९९४ को विश्वकपका लागि दक्षिण अमेरिकी छनोट। अन्तिम खेलमा ब्युनर्स आयर्समा गएको अर्जेन्टिनामाथिको ५-० को जित। त्यो जितपछि कोलम्बियालाई विश्वकप फुटबलको दाबेदारको रूपमा हेरिएको थियो।

कार्लोस भाल्डोरामा प्रेरित टोली त्यस अघिको विश्वकपमा पनि शानदार लयमा थियो। दोस्रो चरणमा क्यामरुनसँगको दोस्रो चरणको खेलको अतिरिक्त समयमा रेने हिगइटा मैदानको बिच भागमा आएको समयमा रोजर मिल्लाले गोल गरेका थिए। दोस्रो चरणमा बाहिरिएको कोलम्बिया चार वर्षपछि अझ सशक्त टोलीको रूपमा रहेको थियो।

भाल्डोरामा र फाउस्टिनो अस्प्रिला त्यस समयमा नाम चलेका खेलाडी थिए। त्यसो त त्यस विश्वकपमा नाम चलेका अन्य खेलाडी पनि असफल रहे। इटालीले फाइनलको यात्रा तय गरे पनि स्टार ठानिएका गुइसेप सिग्नोरीको खेल त्यस्तो आशा भन्ने खालको थिएन। स्विडेनले तेस्रो स्थान पाएको थियो। त्यस टोलीमा आशा गरिएको थोमस ब्रोलिनले भन्दा मार्टिन डाहलिनले उत्कृष्ट खेल खेलेका थिए। ३० वर्ष अघि त्यो शानदार लयमा रहेको कोलम्बिया अप्रत्याशित रूपमा पहिलो चरणमा बाहिरिएको थियो।

सन् २००१ को कोपा अमेरिका विजेता कोलम्बिया ।

त्यो कोलम्बियाले विश्व विजेता अर्जेन्टिनासँग कोपा अमेरिका कपको फाइनलमा खेल्दै छ। अहिले कोलम्बिया शानदार लयमा छ। इतिहासको त्यो उत्कृष्ट टोली झैँ अहिले होला या नहोला। त्यसका लागि फाइनल खेलसम्म कुर्नैपर्ने हुन्छ।

समूह चरणमा कोलम्बियाले ब्राजिल सहित कोस्टारिका र पाराग्वेको सामना गरेको थियो। ब्राजिलसँग बराबरी गरेको कोलम्बिया अन्य दुई खेलमा जित हात पार्दै शीर्ष स्थान पाउन सफल भएको थियो। क्वाटरफाइनलमा कोलम्बियाले पानामालाई ५-० ले हराएको थियो। जारी कोपा अमेरिका फुटबलमा यो सबै भन्दा फराकिलो अन्तरको जित हो।

सन् २०२६ को विश्वकपका लागि पनि अहिले छनोट चरणको खेल भइरहेका छन्। ६ खेल सकिँदा अपराजित रहने कोलम्बिया एक मात्र टोली हो। तीन खेलमा तीन जित र तीन बराबरी सहित कोलम्बिया तेस्रो स्थानमा छ।

सन् १९९४ को विश्वकप छनोटमा अर्जेन्टिनालाई ५-० ले हराउने कोलम्बियाको टोली ।

सन् २०२२ को फेब्रुअरीमै अर्जेन्टिनासँग नै पराजयको सामना गरेको कोलम्बियाले त्यस पछि कुनै पनि खेलमा हारेको छैन। यस क्रममा पुनर्संरचनामा रहेको कोलम्बियाले कोपा दक्षिण अमेरिकी समूहको विश्वकपमा छनोटमा ब्राजिल तथा मैत्रीपूर्ण खेलमा स्पेन र जर्मनीलाई हराइसकेको छ। एकपछि अर्को शक्ति राष्ट्रलाई हराएको कोलम्बियाको आत्मबल त्यत्तिकै बलियो छ।

सन् २००१ मा मेक्सिकोलाई फाइनलमा हराएर कोलम्बियाले कोपा अमेरिका कपको फाइनलमा प्रवेश गरेको थियो। कोपा अमेरिका कपमा भने कोलम्बिया धेरै सफल टोली होइन।

कोलम्बियाको तेस्रो पटकको फाइनल प्रवेश हो। अहिलेको २८ खेलको कीर्तिमान सन् १९९२ देखि १९९४ सम्म कायम गरिएको २७ खेलको कीर्तिमान भन्दा बढी हो। कोलम्बियाको यो अपराजित यात्राको कीर्तिमान पुरुष फुटबलमा अहिले सबैभन्दा लामो समयको अपराजित यात्रा हो। यस भन्दा अघि नै सबै भन्दा धेरै अपराजित यात्राको कीर्तिमान भने इटालीको नाममा छ। इटालीको यात्रा सन् २०१८ देखि २०२१ को बिचमा ३७ खेलको अपराजित यात्रा स्पेनसँगको हारको कारण टुङ्गिएको थियो।

इटालीको सो कीर्तिमानको नजिक अर्जेन्टिना पुगेको थियो। लगातार ३६ खेलमा अपराजित रहेको अर्जेन्टिना सन् २०२२ को विश्वकपको पहिलो खेलमा साउदी अरेबियासँग १-० ले पराजित भएपछि यात्रा टुङ्गिएको थियो। ब्राजिल पनि सन् १९९२ देखि १९९६ को बिचमा ३५ खेलमा अपराजित रहेको थियो।

जसरी ३० वर्ष अघि कार्लोस भाल्डोरामा टोलीको केन्द्र बिन्दु थिए, ठिक त्यसै गरी अहिले कप्तान जेम्स रोड्रिगुयज छन्। अन्य स्टारमा लुइस डियाज, रिचार्ड रियोस र डानीयल मुनोज छन्। तथापि मुनोजले फाइनल खेल गुमाउने छन्। कोलम्बियाले यस संस्करणमा सर्वाधिक १२ गोल गरेको छ।

कोपा अमेरिका कपको आसन्न फाइनल कस्तो रहने भन्ने अनिश्चित नै छ। विश्व विजेता तथा शीर्ष वरियताको टोलीसँगको खेल पक्कै सहज हुँदैन। तथापि कोलम्बियाका लागि केही अवसर छन्। विभिन्न पण्डितले कोलम्बियाको सर्वकालीन उत्कृष्ट खेलाडीको चयन गरेका छन्। यस चयनमा हालका कप्तान जेम्स रोड्रिगुयज शीर्ष स्थानमा छन्।

यसैगरी भाल्डोरामा दोस्रो स्थान तथा रामेडाल फल्काओलाई तीन शीर्ष स्टारको रूपमा धेरैले राखेका छन्। तर भाल्डोर र रोड्रिगुइजले ठुलो प्रतियोगिताको उपाधि उचाल्न सकेका छैनन्। त्यस अर्थमा पनि यस प्रतियोगिता कोलम्बियाका लागि मात्र होइन, रोड्रिगुयजका लागि अर्थपूर्ण रहन सक्छ।

कोलम्बिया अहिले फिफा वरीयताको १२ औं स्थानमा छ। लगातार अपराजित यात्राको बाबजुद यो सबै भन्दा माथिल्लो स्थान भने पक्कै होइन।

सन् २०१४ को विश्वकपमा कोलम्बिया क्वाटरफाइनलमा प्रवेश गरेको थियो। क्वाटरफाइनलमा ब्राजिलसँग पराजित भएको थियो। त्यही वर्ष कोलम्बिया फिफा वरीयता क्रममा माथिल्लो स्थानमा उक्लेर तेस्रो स्थानसम्म पुगेको थियो।

यस पटक कोलम्बियाका लागि थुप्रै अवसर छन्। इतिहासको दोस्रो उपाधिको अवसर एउटा छ। धेरैका प्रतीक्षाको विषय हो कि अबको कोलम्बियाको अपराजित यात्रा अर्जेन्टिनाबाट हारेको कोलम्बिया फेरी अर्जेन्टिनासँग नै हार्ने हो या यस यात्रालाई अगाडि बढाउँदै अझ माथिल्लो उचाइमा लैजाने भन्ने प्रश्न बाँकी नै छ। त्यो महत्त्वपूर्ण खेलका लागि अब तीन दिन प्रतिक्षा गर्नुपर्नेछ। यो खेल सोमबार बिहान ५:४५ बजे अमेरिकाको फ्लोरिडास्थित हार्ड रक स्टेडियममा सुरु हुनेछ।

स्रोतः अल फुटबल न्युज, कोनेबल, स्पोर्ट्स स्टार

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ९ : ४२ बजे

एकदिवसीय श्रृङ्खला : भारत र श्रीलंकाको रोमाञ्चक बराबरी

काठमाडौं – भारत र श्रीलंकाबीचको एकदिवसीय श्रृङ्खला अन्तर्गतको पहिलो खेल

सहारा दिने श्रीमती नै थलापरेपछि न्यून दृष्टियुक्त वली समस्यामा

दाङ – सल्यान श्रीनगर घर भई हाल दाङ तुलसीपुर उपमहानगरपालिका–१६

यान्त्रिक अवस्था ठीक नभएका गाडी चलाउने ४२ जनालाई कारबाही

काठमाडौं – काठमाडौं उपत्यकामा यान्त्रिक अवस्था ठीक नराखी गाडी चलाउने

इलाममा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

इलाम – इलाममा मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु भएको छ

कक्षा १२ को मौका परीक्षा भदौ २५ र २६ गते हुने

काठमाडौं – कक्षा १२ ग्रेड वृद्धि (मौका परीक्षा) आगामी भदौ २५