बाढी र पहिरोमा परेका नागरिकको उद्धारमा सक्रिय हुन सरकारलाई देउवाको आग्रह « Khabarhub

बाढी र पहिरोमा परेका नागरिकको उद्धारमा सक्रिय हुन सरकारलाई देउवाको आग्रह

राहत र उद्धारमा सक्रिय हुन पार्टीका नेता र कार्यकर्तालाई निर्देशन


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहिरोले नारायणगढ-मुग्लिन सडकको सिमलतालमा बस पुरिँदा ६५ बढी यात्रुको अवस्था अज्ञात रहेको घटनाप्रति दुःख व्यक्त गर्दै उद्धारमा सक्रिय हुन सरकारलाई आग्रह गरेका छन् ।

सभापति देउवाको तर्फबाट कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘युद्धस्तरमा उद्धार, हराएकाहरूको खोजी, नागरिकहरूलाई सुरक्षित स्थल तर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियता साथ लाग्न समेत सभापति देउवाले सरकारलाई आग्रह गर्नुभएको छ। ’

नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदो सहितको पहिरोमा परेका दुई बस, ६ दर्जन भन्दा बढी यात्रुको अवस्था अज्ञात रहेको र अविरल वर्षाका कारण देशका विभिन्न भू–भागमा बाढी, पहिरो र डुवानमा परी भएको जनधनको ठूलो क्षतिप्रति देउवाले गहिरो दुःख व्यक्त गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।

बाढी पहिरोको जोखिम थप बढ्न सक्ने अवस्था दृष्टिगत गरेर देशभर सबैलाई सजग भएर यसको सामना गर्न आग्रह गर्दै तीन वटै तहका सरकारलाई समन्वय र व्यवस्थित योजना साथ आवश्यक सम्पूर्ण तयारीका साथ कार्य गर्न सभापति देउवाले अपील गरेका छन्।

सभापति देउवाले स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन निर्देशन गरिसकेको जानकारीसमेत विज्ञप्तिमा गराइएको छ।

‘पार्टीका साथीहरूलाई ब्यवस्थित ढंगले प्रभावकारी रुपमा कार्य गर्न आग्रह गर्दै यो विपत्तिको सामना संयम र एकतापूर्वक गर्न स्थानीय सबै दिदीबहिनी–दाजुभाइमा उहाँले अपील गर्नुभएको छ’, मुख्यसचिव पौडेलले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  १० : २० बजे

प्रभावकारी बन्दै ‘श्रम साकेला अभियान’

खोटाङ – साकेला गाउँपालिकाले सञ्चालन गरेको ‘श्रम साकेला अभियान’ अन्तर्गत

पूर्वराष्ट्रपतिद्वय रामवरण यादव र विद्या भण्डारीबीच भेटवार्ता

काठमाडौं– पूर्व राष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीबीच  भेटवार्ता

तस्बिरमा हेर्नुहोस्, गुरुङ समुदायले मनाउने ‘तमु ल्होसार’

काठमाडौं–  गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत

स्वास्थ्य सामग्रीको विवरण उपलब्ध गराउन औषधि व्यवस्था विभागको आग्रह

काठमाडौँ– नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था

‘च्याउ उत्पादन र प्रवर्द्धन मन्त्रालयको प्राथमिकतामा रहँदै आएको छ’

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले च्याउ उत्पादन,