शुक्लाफाँटाको नवनिर्मित कबर्ड हल बाढीको उच्च जोखिममा « Khabarhub

शुक्लाफाँटाको नवनिर्मित कबर्ड हल बाढीको उच्च जोखिममा


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० झलारीमा निर्माण गरिएको कबर्ड हल सनबोरा नदीको उच्च जोखिममा परेको छ । नदीको बाढीले कबर्ड हल भएको क्षेत्रमा जग्गा कटानी गर्न थालेपछि जोखिमा परेको हो ।

 कबर्ड हल जोगाउनका लागि नगरपालिकाले जैविक तटबन्ध निर्माण गर्ने तयारी गरेको छ । कबर्ड हल निर्माणका लागि जैविक तटबन्ध निर्माण गरिने नगरपालिकाको भौतिक पूर्वाधार शाखाका प्रमुख दीपक धामीले बताए । 

‘तत्काल तटबन्धको ठूलो योजना कार्यान्वयन गर्न नगरपालिकासँग बजेट छैन’, उनले भने, ‘नदीले गर्दै आएको भूक्षय रोक्नका लागि कम लागतमा निर्माण हुने जैविक तटबन्ध बनाउने योजना बनाउन लागेका छौँ ।’

 नगर प्रमुख रणबहादुर महराले कबर्ड हलसँगै खल्ला बस्तीलाई नदीको कटानबाट जोगाउनका लागि प्रदेश र संघीय सरकारसँग आवश्यक बजेटका लागि पहल गर्ने कार्य भइरहेको बताए। कबर्ड हल दुई करोड ६६ लाख ४९ हजार पाँच सय ५४ मा ठेक्का प्रक्रियामार्फत निर्माण गरिएको छ ।

कबर्ड हलमा डबल ब्याडमिन्टन कोर्ट, भलिबल कोर्ट, एक सय ५० जना बस्न सकिने प्यारापिट, १२ वटा शौचालय, बाथरुम, महिला पुरुष कपडा चेन्जिङ रुमलगायत निर्माण गरिएका छन् । 

गत वर्षका असारमा सम्झौता भई चालु आवको असार १५ गतेभित्र निर्माण कार्य सक्ने गरी ठेक्का दिइएको थियो । 

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  १० : ३० बजे

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा