एमाले सांसद भन्छन् – अहिले देशमा सरकार छैन, हरायो « Khabarhub

एमाले सांसद भन्छन् – अहिले देशमा सरकार छैन, हरायो


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)का सांसद दामोदर पौडेल वैरागीले अहिले देशमा सरकार नभएको टिप्पणी गरेका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘देशभर बाढी, पहिरो र चट्याङका कारण धेरै धनजनको क्षति भइरहेकोछ । पोखरामा पहिरोले ११ जनाको ज्यान गएको छ। सामान्य उद्धार त भएको छ तर सरकारबाट समयमा राहत पुगेको छैन’, उनले भने, ‘आज बिहान मात्रै त्रिशूली नदीमा दुईवटा गाडीहरू खसेका छन् । अहिले सरकार छैन, एक किसिमले भन्दा यो बेला सरकार हराएको छ ।’

उनले यो विपत्ति आउने पूर्वानुमान हुँदा पनि सरकार नहुँदा समस्या भएको बताए । ‘पहिरोसँगै त्रिशूलीमा खसेका दुवै बस भेटिएका छैनन् । प्राकृतिक विपत्ति आउने कुराको पूर्वानुमान हामीले दिएका थियौँ’, उनले भने, ‘सरकारको लापरबाहीले हिजो संसद् बस्न सकेन । अहिले देशमा सरकार छैन, जनताले त्यहीकारण दु:ख पाए ।’

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ११ : २६ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो