जोखिममा रहेका सडकखण्डमा रात्री बस राेक्न माग   « Khabarhub

जोखिममा रहेका सडकखण्डमा रात्री बस राेक्न माग  


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले बर्षातका दुई–तीन महिना जोखिम रहेका सडकखण्डमा रात्रिकालीन बसहरूको अवागमन रोक्नु पर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभा बैठकमा उनले बर्षातका दुई–तीन महिना जोखिम रहेका सडकखण्डमा रात्रिकालीन बसहरूको अवागमन रोक्नु पर्नेमा जोड दिएका हुन् ।

‘नाइट बस राति नचलाउने सरकारले निर्देशन जारी गरिदिएको भए यो क्षति हुन्थेन । किनकी अध्याँरोमा पहिरो जाँदा थाहा हुँदैन,’ सांसद सिंहले भने, ‘दिउँसो भएको भए कम्तिमा थाहा हुन्थ्यो । कम्तिमा वर्षातको दुई–तीन महिना नाइट बस जोखिम भएको बाटोमा चलाउन हुँदैन ।’

नारायणगढ–मुग्लिङ सडकखण्डलाई संघीय राजधानी काठमाडौंको ‘लाइफ लाइन’ का रुपमा व्याख्या गर्दै उनले उक्त सडकखण्डको अवस्था हेरेर देशभरका सडकहरुको अवस्था बुझ्न सकिने टिप्पणी गरे ।   

‘नारायणगढ–मुग्लिङ सडकखण्ड काठमाडौंका लागि लाइफ लाइन हो । पूर्वबाट आउने बस पनि त्यही बाटो आउँछ, पश्चिमबाट आउने सुदूरपश्चिमको सबै बस त्यही बाटो आउँछ,’ सिंहले भने, ‘त्यस कारण लाइफ लाइनको अवस्था यस्तो छ भने बाँकी सडकको अवस्था के छ त्यो भगवानलाई नै थाहा छ ।’

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ११ : ५४ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको