जोखिममा रहेका सडकखण्डमा रात्री बस राेक्न माग   « Khabarhub

जोखिममा रहेका सडकखण्डमा रात्री बस राेक्न माग  


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले बर्षातका दुई–तीन महिना जोखिम रहेका सडकखण्डमा रात्रिकालीन बसहरूको अवागमन रोक्नु पर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभा बैठकमा उनले बर्षातका दुई–तीन महिना जोखिम रहेका सडकखण्डमा रात्रिकालीन बसहरूको अवागमन रोक्नु पर्नेमा जोड दिएका हुन् ।

‘नाइट बस राति नचलाउने सरकारले निर्देशन जारी गरिदिएको भए यो क्षति हुन्थेन । किनकी अध्याँरोमा पहिरो जाँदा थाहा हुँदैन,’ सांसद सिंहले भने, ‘दिउँसो भएको भए कम्तिमा थाहा हुन्थ्यो । कम्तिमा वर्षातको दुई–तीन महिना नाइट बस जोखिम भएको बाटोमा चलाउन हुँदैन ।’

नारायणगढ–मुग्लिङ सडकखण्डलाई संघीय राजधानी काठमाडौंको ‘लाइफ लाइन’ का रुपमा व्याख्या गर्दै उनले उक्त सडकखण्डको अवस्था हेरेर देशभरका सडकहरुको अवस्था बुझ्न सकिने टिप्पणी गरे ।   

‘नारायणगढ–मुग्लिङ सडकखण्ड काठमाडौंका लागि लाइफ लाइन हो । पूर्वबाट आउने बस पनि त्यही बाटो आउँछ, पश्चिमबाट आउने सुदूरपश्चिमको सबै बस त्यही बाटो आउँछ,’ सिंहले भने, ‘त्यस कारण लाइफ लाइनको अवस्था यस्तो छ भने बाँकी सडकको अवस्था के छ त्यो भगवानलाई नै थाहा छ ।’

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ११ : ५४ बजे

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा