प्रधानमन्त्रीको दाबी- विपद्‌ न्यूनीकरणमा सक्ने जति पहल गरेँ « Khabarhub

प्रधानमन्त्रीको दाबी- विपद्‌ न्यूनीकरणमा सक्ने जति पहल गरेँ


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले विपद्‌ न्यूनीकरणमा आफूले हुन सक्ने जति पहल गरेको दाबी गरेका छन्‌ । विश्वासको मत लिन डाकिएको प्रतिनिधि सभा बैठकमा बोल्दै दाहालले यस्तो दाबी गरेका हुन्‌ ।

‘यो पटकको मनसुन अलिक आक्रामक हुनेवाला छ भनी मौसम पूर्वानुमान विभागबाट वक्तव्य आइसकेपछि हामीले पूर्वतयारीका निम्ति हुन सक्ने जति पहल गरिएको थियो,’ दाहालले भने ।

‘यहाँ माननीय सदस्यहरूले विशेष रूपले सरकारको र प्रधानमन्त्रीको पनि ध्यानाकर्षण गराउँदै के गरेको छ सरकारले भनेर पनि प्रश्न उठाउनुभएको छ । तर के कुरा साँचो हो भने यो सरकारले नेपाली सेना, गृह प्रशासन, विपद्‌ व्यवस्थापन प्राधिकरण, सुरक्षा अङ्गका सबै प्रमुखहरूलाई सिंहदरबारमा बोलाएर बाढीपहिरोबाट भएको क्षति, सम्भावित क्षतिको न्यूनीकरण र रोकथाम कसरी गर्न सकिन्छ भन्नेबारे पहल गरिएको थियो ।’

बाढी-पहिरो र चट्याङ लगायतले धनजनको ठूलो क्षति भइरहेको बेलामा सरकार परिवर्तनको प्रक्रियाभित्र प्रवेश गरिएको उल्लेख गर्दै दाहालले प्रतिपक्षीले राजीनामाको कुरा उठाइरहेको बताए ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  १२ : १८ बजे

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको