‌ओलीमाथि प्रचण्डको प्रहार- संसद् विघटनको बानी परेकाले नैतिकताको पाठ नसिकाए हुन्छ « Khabarhub

‌ओलीमाथि प्रचण्डको प्रहार- संसद् विघटनको बानी परेकाले नैतिकताको पाठ नसिकाए हुन्छ


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संसद् विघटनको बानी परेका भनेर कटाक्ष गरेका छन् । 

प्रतिनिधिसभा बैठकमा शुक्रबार विश्वासको मत लिनुअघि आफ्नो धारणा राख्दै उनले भावी प्रधानमन्त्री ओलीलाई संसद् विघटनमा बानी परेका नेताको संज्ञा दिएका हुन् ।  

‘आफू अल्पमतमा परेपछि संसद् नै विघटन गर्ने बानी परेका र त्यसको समर्थन गरेका साथीहरूसमेत मलाई नैतिकताको पाठ पढाउने प्रयास गरिरहनुभयो,’ प्रधानमन्त्रीले भने। 

उनले संविधानमा नेकपा माओवादी केन्द्रको सबैभन्दा बढी लगानी रहेको जिकिर गर्दै आफूले संविधानलाई कमजोर बनाउन नदिने पनि बताए । 

‘ती साथीहरूलाई म यत्ति भन्न चाहन्छु– कि यो संविधानमा नेकपा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी छ,’ प्रचण्डले भने, ‘त्यसैले यसलाई माओवादीले कमजोर बनाउँदैन । कमजोर बनाउन पनि दिँदैन । दिने पनि छैन ।’

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  १२ : २१ बजे

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण