‌ओलीमाथि प्रचण्डको प्रहार- संसद् विघटनको बानी परेकाले नैतिकताको पाठ नसिकाए हुन्छ | Khabarhub Khabarhub

‌ओलीमाथि प्रचण्डको प्रहार- संसद् विघटनको बानी परेकाले नैतिकताको पाठ नसिकाए हुन्छ


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संसद् विघटनको बानी परेका भनेर कटाक्ष गरेका छन् । 

प्रतिनिधिसभा बैठकमा शुक्रबार विश्वासको मत लिनुअघि आफ्नो धारणा राख्दै उनले भावी प्रधानमन्त्री ओलीलाई संसद् विघटनमा बानी परेका नेताको संज्ञा दिएका हुन् ।  

‘आफू अल्पमतमा परेपछि संसद् नै विघटन गर्ने बानी परेका र त्यसको समर्थन गरेका साथीहरूसमेत मलाई नैतिकताको पाठ पढाउने प्रयास गरिरहनुभयो,’ प्रधानमन्त्रीले भने। 

उनले संविधानमा नेकपा माओवादी केन्द्रको सबैभन्दा बढी लगानी रहेको जिकिर गर्दै आफूले संविधानलाई कमजोर बनाउन नदिने पनि बताए । 

‘ती साथीहरूलाई म यत्ति भन्न चाहन्छु– कि यो संविधानमा नेकपा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी छ,’ प्रचण्डले भने, ‘त्यसैले यसलाई माओवादीले कमजोर बनाउँदैन । कमजोर बनाउन पनि दिँदैन । दिने पनि छैन ।’

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  १२ : २१ बजे

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन