अरनिको र बीपी राजमार्गमा नियमित यातायात सञ्चालन « Khabarhub

अरनिको र बीपी राजमार्गमा नियमित यातायात सञ्चालन


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– जिल्लास्थित विभिन्न स्थानमा पहिरो खस्दा अवरुद्ध बनेका अरनिको र बीपी राजमार्गमा आजदेखि नियमित यातायात सञ्चालन भएका छन् ।

 निर्माणाधीन अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा खण्डमा पहिरो खसेर दुई दिनदेखि सडक अवरुद्ध बनेको थियो ।

धुलिखेल–खावा खण्डमा पहिरो खस्नुका साथै वर्षाका कारण लेदोमा गाडी फसेका थिए । खावा नजिक खसेको पहिरो पन्छाइ फसेका गाडी निकालेर हिजो खाल्डाखुल्डीमा ग्राभेलले पुरेसँगै आज बिहानदेखि नियमित यातायात सञ्चालन भइरहेका छन् ।

आज बिहानदेखि अवरुद्ध बनेको बीपी राजमार्गको रोशी–मङ्गलटार खण्डको पहिरो पन्छाएर यातायातका साधन सञ्चालनमा ल्याइएको हो । निरन्तर वर्षा भइरहेकाले उक्त सडकखण्डको यात्रा कष्टपूर्ण बनेको स्थानीय बताउँछन् । रोशी गाउँपालिकास्थित माम्ती खोलाको बाढीले राजमार्ग अवरुद्ध बनेको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए।   

अरनिको र बीपी राजमार्गका विभिन्न स्थानमा अहिले पनि स-साना पहिरो जानसक्ने देखिएकाले तत्काल पहिरो पन्छाउन स्काभेटरलाई तयारी अवस्थामा राखिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

निर्माणाधीन अरनिको राजमार्गको उक्त सडकखण्डलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले बुधबारदेखि मालवाहक यातायातका साधन तथा टिपरलाई अनिश्चितकालीन सञ्चालनमा रोक लगाएको थियो । 

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  १२ : ४२ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर