सरकारको सफलता नै ढल्ने कारण बन्यो, राम्रो अंकसहित उत्तीर्ण भएँ : प्रचण्ड « Khabarhub

सरकारको सफलता नै ढल्ने कारण बन्यो, राम्रो अंकसहित उत्तीर्ण भएँ : प्रचण्ड


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू नेतृत्वको सरकारको सफलता नै ढल्ने कारण बनेको बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विश्वासको मत माग्नुअघि आफ्नो धारणा राख्दै उनले यस्तो भनेका हुन् ।

प्रचण्डले वस्तुतः सरकारको सफलता नै सरकार ढाल्ने बिडम्वना बन्न पुगेको जिकिर गरे ।

उनले विभिन्न प्रकरणको अनुसन्धानलाई सक्रिय रुपमा अघि बढाउन खोज्दा अहिलेको परिस्थीति सिर्जना भएकोसमेत बताए ।

विश्वासको मत र प्रधानमन्त्रीको पदका विषयमा आफू कहिल्यै चिन्तित नभएको उल्लेख गर्दै उनले दलहरूलाई पारदर्शी राजनीति गर्न सुझाव दिए।

प्रचण्डले संविधान सभामा संविधान निर्माणको प्रक्रिया पनि व्यापक विचार विमर्श र अधिकतम राष्ट्रिय सहमतिबाट अघि बढेको स्मरण गरे ।

उनले जनताले शक्ति देखाउने बेला आएको भन्दै जनताले शक्ति नदेखाए देश अप्ठेरो अवस्थामा जाने उल्लेख गरे ।

प्रचण्डले बालुवाटारबाट सिंहदरबारको शासन चलाउने गलत परम्परा तोडेको भन्दै आफ्नो नेतृत्वको सरकार राम्रो अंकका साथ उर्तीण भएको दाबी गरे ।

 

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  १ : ०७ बजे

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले