घरमा हुने सुत्केरीलाई शून्य बनाउन ‘उपप्रमुखको कोसेली’ « Khabarhub

घरमा हुने सुत्केरीलाई शून्य बनाउन ‘उपप्रमुखको कोसेली’


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बैतडी– घरमा हुने सुत्केरीलाई शून्य बनाउने उद्देश्यसहित जिल्लाको दशरथचन्द नगरपालिकाभित्र ‘उपप्रमुखको कोसेली’ कार्यक्रम सञ्चालन गरिएको छ ।

‘उपप्रमुखको कोसेली’ सुत्केरी आमाहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवनप्रसाद जोशीले बताए । उनले भने, ‘सुत्केरी भएको समयमा थप पोषिलो खानेकुराको आवश्यकता पर्ने भएकाले यो विषयमा जानकारी दिन कोसेलीले महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ ।’

घरमा हुने सुत्केरीलाई शून्य बनाउने, आमा र बच्चाको स्वास्थ्य पोषणमा सुधार ल्याउने, आमा र बच्चाको स्वास्थ्यका विषयमा परिवारका सदस्यलाई जागरूक गराउने उद्देश्यसहित ‘उपप्रमुखको कोसेली’ वितरण गरिएको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले बताइन् ।

‘आमा र बच्चाको स्वास्थ्य र पोषणमा सुधार ल्याउन सुत्केरी आमालाई कोसेली प्रदान गरिरहेका छौँ । अझै पनि हाम्रो समुदायमा विभिन्न कारणले सुत्केरी आमालाई पोषिलो खानेकुरा दिने चलन कम छ’, उपप्रमुख चन्दले भनिन्, ‘नगरपालिकाले वितरण गरेको कोसेलीबाट परिवारका सदस्यहरू पनि जागरूक हुन् भनेर कार्यक्रम सञ्चालन गरेका हौँ ।’

नगरपालिकाभरि चार सय बढी सुत्केरी आमालाई यस वर्ष ‘उपप्रमुखको कोसेली’ वितरण गरिएको छ । ‘कोसेली वितरण गर्न नगरभित्रका १३ वटा स्वास्थ्य संस्थामा कोसेली पुर्‍याइएको छ । आफूलाई नजिक पर्ने संस्थामा गएर कोसेली लिन सकिन्छ’, उपप्रमुख चन्दले भनिन् । कोसेलीभित्र हरलिक्स, काजु, बदाम, दाल र नुनलगायत खाद्य सामग्रीका साथै सरसफाइका सामग्री राखिएका छन् ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  १ : ४० बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका