घरमा हुने सुत्केरीलाई शून्य बनाउन ‘उपप्रमुखको कोसेली’ « Khabarhub

घरमा हुने सुत्केरीलाई शून्य बनाउन ‘उपप्रमुखको कोसेली’


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बैतडी– घरमा हुने सुत्केरीलाई शून्य बनाउने उद्देश्यसहित जिल्लाको दशरथचन्द नगरपालिकाभित्र ‘उपप्रमुखको कोसेली’ कार्यक्रम सञ्चालन गरिएको छ ।

‘उपप्रमुखको कोसेली’ सुत्केरी आमाहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवनप्रसाद जोशीले बताए । उनले भने, ‘सुत्केरी भएको समयमा थप पोषिलो खानेकुराको आवश्यकता पर्ने भएकाले यो विषयमा जानकारी दिन कोसेलीले महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ ।’

घरमा हुने सुत्केरीलाई शून्य बनाउने, आमा र बच्चाको स्वास्थ्य पोषणमा सुधार ल्याउने, आमा र बच्चाको स्वास्थ्यका विषयमा परिवारका सदस्यलाई जागरूक गराउने उद्देश्यसहित ‘उपप्रमुखको कोसेली’ वितरण गरिएको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले बताइन् ।

‘आमा र बच्चाको स्वास्थ्य र पोषणमा सुधार ल्याउन सुत्केरी आमालाई कोसेली प्रदान गरिरहेका छौँ । अझै पनि हाम्रो समुदायमा विभिन्न कारणले सुत्केरी आमालाई पोषिलो खानेकुरा दिने चलन कम छ’, उपप्रमुख चन्दले भनिन्, ‘नगरपालिकाले वितरण गरेको कोसेलीबाट परिवारका सदस्यहरू पनि जागरूक हुन् भनेर कार्यक्रम सञ्चालन गरेका हौँ ।’

नगरपालिकाभरि चार सय बढी सुत्केरी आमालाई यस वर्ष ‘उपप्रमुखको कोसेली’ वितरण गरिएको छ । ‘कोसेली वितरण गर्न नगरभित्रका १३ वटा स्वास्थ्य संस्थामा कोसेली पुर्‍याइएको छ । आफूलाई नजिक पर्ने संस्थामा गएर कोसेली लिन सकिन्छ’, उपप्रमुख चन्दले भनिन् । कोसेलीभित्र हरलिक्स, काजु, बदाम, दाल र नुनलगायत खाद्य सामग्रीका साथै सरसफाइका सामग्री राखिएका छन् ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  १ : ४० बजे

भृकुटीमण्डपमा विशेष महाधिवेशनको तयारी तीव्र (तस्बिरहरू)  

काठमाडौँ – कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वले

बालेन लक्षित शंकरको प्रश्न : सिंहदरबार जलाउन उक्साउने को हो ?

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले सिंहदरबार जलाउन उक्साउने को

बजेट अभावले होम्ताङ–पिखुवा लिफ्ट आयोजना निर्माणमा ढिलाइ

भोजपुर– बर्सेनि न्यून बजेट विनियोजन हुँदा भोजपुरको होम्ताङ–पिखुवा लिफ्ट खानेपानी

एनआरएनए अमेरिकाको स्पष्टिकरण- मन्त्री गुप्तालाई कुनै कार्यक्रममा बोलाइएको छैन

काठमाडौं– गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए अमेरिका)

तेहरानसहित इरानका विभिन्न शहरमा उग्र प्रदर्शन

तेहरान– इरानको राजधानी तेहरानसहित देशका विभिन्न शहरमा ठूलो सङ्ख्यामा प्रदर्शनकारी