गृहमन्त्रीको जवाफ : २४ घण्टामा बाढी-पहिरोबाट १७ जनाको मृत्यु, तीनजना घाइते « Khabarhub

गृहमन्त्रीको जवाफ : २४ घण्टामा बाढी-पहिरोबाट १७ जनाको मृत्यु, तीनजना घाइते


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पछिल्लो २४ घण्टामा बाढी-पहिरोबाट १७ जनाको ज्यान गएको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने प्रस्तावबारेको छलफलमा भाग लिने क्रममा उनले यसबारे जानकारी दिएका हुन् ।

लामिछानेका अनुसार यस पटकको मनसुनको अवस्था अलिक भायवह हुने पूर्वानुमान रहेको बताउँदै बिहीबार र शुक्रबार बाढी-पहिरोबाट १७ जनाको ज्यान गएको बताए ।

उनकाअनुसार बाढी र पहिरोबाट ३ जना घाइते भएका छन् । लामिछानेले बाढी-पहिरोबाट अहिले ३८ जिल्ला प्रभावित भएको बताए ।

पछिल्लो पटक बाढीबाट मकवानपुर र सिरहामा १/१ जनाले ज्यान गुमाएको बताए । उनका अनुसार पहिरोबाट कास्कीमा ११ जना, म्याग्दीमा २ जना र चितवनमा १ जनाको ज्यान गएको छ ।

वर्षका क्रममा बागलुङमा थप १ जनाको मृत्यु भएको उनले बताए । लामिछानेले गृहमन्त्रालयमा गृहसचिवको नेतृत्वमा बैठक बसेर उद्धार र राहत अभियान तीव्र पार्ने निर्णय भएको बताए ।

‘कमान्ड पोस्टका र सचिवसमेत बसेर हामीले खोजी र उद्धारलाई प्रभावकारिता दिने निर्णय गरेका छौँ’, उनले भने, ‘अब मौसम महाशाखाले रेड एडभाइजरी जारी भएका दिनमा रात्रिकालीन यातायात नचलाउने निर्णय भएको छ । पहिरो जाने र डुबान हुने क्षेत्रमा जोखिमका चिह्न राख्ने निर्णय भएको छ ।’

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  २ : ५८ बजे

आज २०८३ साल असोज १५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय