बेपत्ता दुई बसको खोजीमा पाँच सय सुरक्षाकर्मी परिचालन गरेका छौँ : गृहमन्त्री लामिछाने   « Khabarhub

बेपत्ता दुई बसको खोजीमा पाँच सय सुरक्षाकर्मी परिचालन गरेका छौँ : गृहमन्त्री लामिछाने  


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नारायणगढ-मुग्लिन सडकमा पहिरोमा परि त्रिशूली नदीमा बेपत्ता भएका दुई यात्रु बस खोज्न पाँच सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जानकारी गराएका छन् ।

गृहमन्त्री लामिछानेले बाढी र पहिरोको जोखिम भएका क्षेत्रमा रेड अलर्ट जारी गरी ती स्थानहरूमा रात्रि बस संचालन नगर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिएको जानकारी दिएका छन् ।

लामिछानेले दुई यात्रु बस पहिरोले बगाएको प्रति दुख व्यक्त गर्दै सो सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मीहरू परिचालन गरिएको जानकारी गराएका छन् ।

उनले संसदमा पछिल्लो २४ घण्टामा बाढी पहिरोबाट देशभर १७ जनाको मृत्यु भएको जानकारी दिएका छन् । साथै लामिछानेले विपदबाट राहत र उद्धारको काम सरकारले तीव्र रूपमा गरिरहेको संसदमा जानकारी गराएका छन् ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ३ : ०१ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार