रवि लामिछाने भन्छन्- सरकारमा भन्दा प्रतिपक्षमा बस्न रमाइलो « Khabarhub

रवि लामिछाने भन्छन्- सरकारमा भन्दा प्रतिपक्षमा बस्न रमाइलो


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा भन्दा प्रतिपक्षमा बस्न रमाइलो हुने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाँचौँपल्ट विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार बोलाइएको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘देशका ठूला दलहरू मिलिरहँदा त्यसले लोकतन्त्रलाई कतै असर गर्ने त होइन, हाम्रो चिन्ता त्यति मात्र हो,’ लामिछानेले भने, ‘बाँकी रह्यो प्रतिपक्षको कुरा, रास्वपा कस्तो प्रतिपक्ष हो भन्ने कुरा गत वर्ष हामीले देखाइसकेका छौँ । हामीलाई सरकारमा भन्दा प्रतिपक्षमा बस्न रमाइलो छ ।’

उनले प्रतिपक्षमा बस्दा रास्वपाको प्रभावकारिता बढ्ने र जनताले पनि रास्वपा प्रतिपक्षमा बसोस् भन्ने चाहेको जिकिर गरे । ‘प्रतिपक्षमा बस्दा हाम्रो प्रभावकारिता बढ्छ,’ गृहमन्त्री लामिछानेले भने, ‘जनताले चाहेका पनि यही हुन् ।’

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ३ : १६ बजे

बीपी राजमार्गको पहिरो र लेदो हटाइँदै

काठमाडौं– अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास

१७५ करोडमा बिक्यो शाहरुखको ‘किङ’ को विदेशी अधिकार

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानको स्टारडम कति बलियो छ भन्ने

कान्सपछि अस्ट्रेलियामा पनि चम्कियो ‘एलिफेन्ट्स इन द फग’, अभिनेत्री लामालाई उत्कृष्ट अभिनयको अवार्ड

काठमाडौं– नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिल्म मञ्चमा

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

काठमाडौं– म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न

हरिवंश ‘चिरञ्जीवी बाजे’ बनेर आउँदै

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा सफल फिल्म ‘परान’मार्फत दर्शकको मन जितेका