पहिरोमा परेको बस त्रिशूलीमा डुबेपछि जसले पौडिएर ज्यान जोगाए « Khabarhub

पहिरोमा परेको बस त्रिशूलीमा डुबेपछि जसले पौडिएर ज्यान जोगाए


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


152.9k
Shares
  • change font
  • change font
  • change font

चितवन- नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिराले त्रिशूलीमा बस खस्दा बाच्न सफल भएका तीनजनाको भरतपुरमा उपचार भइरहेको छ ।

दुर्घटनापछि त्रिशूलीमा पौडिएर बाँचेकामध्ये एकजनाको भरतपुर अस्पतालमा र दुईको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

उहाँहरू बिहीबार साँझ ७:३० बजे काठमाडौंबाट रौतहट गौरका लागि छुटेको गणपति डिलक्स बसमा सवार थिए ।

तीमध्ये रौतहटका नन्दन यादवले बसको सिसा फुट्दा झ्यालबाट निस्किएर बाँच्न सफल भएको बता ।

‘बसमा हामी ३० देखि ३५ जना थियौँ । त्यसमध्ये तीनजना त्रिशूलीमा खसेको बसको सिसा पुटेपछि बाहिर निक्सियौँ, पौडिएर बाँच्न सफल भयौँ’, उनले जीवन र मृत्युबीचको त्यो समयको बृत्तान्त सुनाए ।

खाना खाएर बस चढेको एक घण्टापछि दुर्घटना भएको उनले सुनाए ।

‘हामी गाडीबाट कसरी बाहिर निस्कियौँ भन्ने थाहा छैन, एकैपटक पानीमा झरेपछि मात्रै थाहा पायौँ’, उनले थपे, ‘बस पानीमा धेरैमुनि पुगेको थियो । हामी झ्यालबाट खसेपछि पौडी खेल्दै किनारमा आएर बाँच्न सफल भयौँ ।’

टाउकोमा चोट लागेका यादवको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

उपचार गररेर फर्किँदै गरेका गरुडा–९ रौतहटका जुगेश्वर राय यादवले आफ्नो परिवारका चारजना बाहिर निस्किन नसके पनि आफू त्रिशूलीबाट बाहिर निस्किएको सुनाए।

बसमा उनका ३५ वर्षीया छोरी, १० वर्षीय छोरा, सात वर्षीया नातिनी र दुई वर्षीय नाती सवार थिए ।

काठमाडौंमा उपचार गरेर घर फर्कँदै गर्दा उनको परिवारका पाँचजना दुर्घटनामा परेका हुन् ।

‘काठमाडौंमा ६ दिनसम्म उपचार गरेर फर्किँदै थियौँ । एक्कासि नसोचेको घटना भयो । पाँचपटक बस ठक्कर खाएर बल्ल नदीमा पुगेको थियो’,उनले स्मरण गरे, ‘पहिरोमा परेर बस तल खस्दा सबै यात्रु कराइरहेका थिए । अरूको अवस्था के भयो, अहिलेसम्म थाहा छैन । बस चालक र सहचालक पनि त्यहीँ डुब्नु भयो।’

बस पहिरोमा पर्नुअघि आधा घण्टाजति जाम परेको उनले सुनाए । ‘जाम खुलेसँगै विस्तारै अघि बढ्ने क्रममा बस त्रिशूलीमा खसेको हो । बसको सिसा फुटेपछि बाहिर निस्कन सफल भएँ’, उनले भने, ‘अर्को गाडीको सहयोगमा उपचारका लागि अस्पताल पुगेको हुँ ।’

उनको पनि अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

भरतपुर अस्पतालमा उपचाररत रौतहटकै सरोजकुमार गुप्ता डिस्चार्ज भएका छन् । सामान्य अवस्थामा रहेका उनी उपचारपछि डिस्चार्ज भएका हुन्।

हाल बेपत्ता दुवै बसको खोजी जारी छ । नेपाली सेना र सशस्त्र प्रहरीको गोताखोर टोली बस र यात्रुको खोजीमा लागेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

रासस

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ३ : २५ बजे

टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य

काठमाडौं – टी–२० विश्वकपको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई

विशाखापट्टनमबाट फर्किंदै गरेको इरानी युद्धपोतमाथि अमेरिकी हमला, ८० नौसैनिकको मृत्यु

काठमाडौं – अमेरिका–इजरायल र इरानबीच जारी युद्धको आज पाँचौं दिनमा

मौन अवधिमा नगदसहित पक्राउ परेका जसपा उम्मेदवार यादव छुटे

सिरहा – प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएलगत्तै नगदसहित पक्राउ

यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

काठमाडौं – निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा

सिन्धुलीमा बसको ठक्करबाट एक जनाको मृत्यु

सिन्धुली – बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बसले