प्रचण्डलाई सांसद शाहीको चेतावनी- जातजाति उचालेर राजनीतिक रोटी सेक्न बन्द गर्नू « Khabarhub

प्रचण्डलाई सांसद शाहीको चेतावनी- जातजाति उचालेर राजनीतिक रोटी सेक्न बन्द गर्नू


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जातजातिका नाममा राजनीतिक रोटी नसेक्न चेतावनी दिएका छन् ।

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार बोलाइएको प्रतिनिधिसभा बैठकमा उनले प्रचण्डलाई जातजातिलाई भड्काएर आफ्नो राजनीतिक रोटी नसेक्न चेतावनी दिएका हुन् ।

‘जातजातिलाई फेरि भड्काएर फेरि आफ्नो रोटी सेक्ने काम यो संसदको रोष्टमबाट नहोस्, म तपाईंहरूलाई यो भन्न चाहन्छु,’ शाहीले भने, ‘किनभने अत्ति भइसक्यो । जातिकै कुरा गर्ने हो भने रुकुम पश्चिमको नवराज विकको हत्या के राजाको पालामा भएको हो ?’

उनले नवराज विकलगायतको हत्या हुँदा नेकपा माओवादी केन्द्र नै सरकारमा रहेको स्मरण गराउँदै उक्त घटना जातीयताका लागि मान्छे मारेको नेपालकै सबैभन्दा ठूलो रुपमा चित्रित गरे ।

‘यही गणतन्त्र, स्वयम् माओवादी सरकारमा थियो । त्यतिखेर भएको हो । अहिलेसम्मकै जातियताका लागि सबैभन्दा ठूलो मान्छे मारेको घटना भित्र पर्छ नेपालको,’ शाहीले भने, ‘म अहिले पनि भन्छु, हाम्रो जात एउटामात्रै छ नेपाली, देश एउटामात्रै छ नेपाल । यहाँभन्दा अरु केही छैन ।’

उनले जातजाति टुक्रयाएर देशमा राजनीति गर्नुभन्दा राजनीतिबाटै सन्यास लिनसमेत सुझाए । ‘हामीले जातजातिमा टुक्रयाएर देशमा राजनीति गर्नु छैन । बरु राजनीतिबाट सन्यास लिनुपर्छ,’ प्रमुख सचेतक शाहीले भने ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ३ : ४९ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले