पहिरोले त्रिशूलीमा झारेको बसमा थिए सात भारतीय नागरिक « Khabarhub

पहिरोले त्रिशूलीमा झारेको बसमा थिए सात भारतीय नागरिक


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.8k
Shares
  • change font
  • change font
  • change font

मुग्लिन (चितवन) – नारायणगढ– मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान पहिरोले त्रिशूली नदीमा बगाएका दुई बसमध्ये एकमा सात भारतीय नागरिक रहेका खुलेको छ ।

वीरगन्जबाट काठमाडौं गइरहेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बसमा चालकसहित तीन कर्मचारी, १४ जना यात्री र भारतीय नागरिक सातजनासहित  २४ जना सवार रहेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

हालसम्म जिल्ला प्रशासन कार्यालयले सातजना भारतीय नागरिकसहित १७ जनाको विवरण सार्वजनिक गरेको छ ।

त्यही मार्गभएर काठमाडौंबाट रौतहटको गौर गइरहेको अर्को बस पनि त्रिशूलीमा खसेको छ । नदीमा खसेका दुवै बस भेटिएका छैनन् । ती बसका यात्रुमध्ये तीनजना पौडिएर बाँच्न सफल भएका छन् ।

पहिरोले बगाएका दुवै बस र तिनमा सवार यात्रुको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली परिचालित छ । रासस

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ४ : १५ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ