प्रचण्डलाई राजकिशोरको सुझाव : तपाईंले आत्मसमीक्षा गर्ने बेला आयो « Khabarhub

प्रचण्डलाई राजकिशोरको सुझाव : तपाईंले आत्मसमीक्षा गर्ने बेला आयो


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का सांसद राजकिशोर यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बारम्बार विश्वासको मत लिनुपर्ने अवस्थाको आत्मसमीक्षा गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री दाहालले शुक्रबार प्रतिनिधिसभा बैठकमा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावबारे छलफलमा बोल्दै उनले बारम्बार विश्वासको मत लिनुपर्ने अवस्थाबारे प्रधानमन्त्रीले आत्मसमीक्षा गर्न आवश्यक रहेको बताए ।

‘किन आज प्रधानमन्त्रीले पटकपटक विश्वासको मत लिनुपर्ने बाध्यता आइपरेको हो ?, विश्वास दिलाउन सकेको भए आज प्रधानमन्त्रीलाई यस्तो अवस्था आउने थिएन होला’, सांसद यादवले भने, ‘किन आफूलाई समर्थन गर्नेले पनि साथ छाड्दै गएका हुन् ? यसबारे समीक्षा गर्नुपर्ने अवस्था आएको छ ।’

सांसद यादवले सुशासनको पक्षमा सबै राजनीतिक दल मिलेर अगाडि बढ्नपर्नेमा जोड दिए ।

आदिवासी, जनजाति, मधेसी तथा पछाडि परेका समुदायको पक्षमा संविधान संशोधन हुनेमा आफू विश्वस्त रहेको बताउँदै उनले संविधान संशोधनका लागि समर्थन गर्ने बताए ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ४ : ३५ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन