प्रधानमन्त्रीको जवाफ- मैले धेरै हन्डर र ठक्कर खाएँ, डेढ वर्षमा चमत्कार गरेँ भन्दिनँ « Khabarhub

प्रधानमन्त्रीको जवाफ- मैले धेरै हन्डर र ठक्कर खाएँ, डेढ वर्षमा चमत्कार गरेँ भन्दिनँ


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले आवेश र उत्तेजनामा आएर नबोलेको बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विश्वासको मत मागेपछि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

‘मैले मागेको विश्वासको मतको प्रस्तावका सन्दर्भमा जति विमर्श र छलफल भयो, राम्रो भयो । राजनीतिक दलहरू र नेताहरूले गम्भीर रुपमा नै मत राख्नु भएको छ’, उनले भने, ‘ती सबै कुराको स्पष्टीकरण दिइरहनु महसुस गरिनँ । म आक्रोश र भावनामा आएको थिइनँ । मैले आफ्नो दलको तर्फबाट लजिक राखेको छु । दलको पार्टीको चिन्ता गम्भीरता साथ राखेँ ।’

उनले दोहोर्‍याएर आवेग र भावनामा आएर कुरा नराखेको बताए । ‘मैले विगतमा भावना र भावावेषमा आएँ भनेको छु। मेरो गल्ती कहाँ भयो भन्ने राखेको छु ।
आजको मेरो प्रस्ताव आवेग र भावनानमा होइन, धेरै हन्डर र ठक्करहरूको निष्कर्ष र समीक्षा हो’, उनले भने, ‘हामी यहीँ हुन्छौँ, समीकरण बनिरहन्छन् । बदलिइरहन्छन् ।’

दाहालले आजको नेपालमा देशलाई कता लैजाने भन्ने निर्णय गर्ने थलो प्रतिनिधिसभा भएको बताए । ‘मेरो नेतृत्वको डेढ वर्षको सरकारले जादु या चमात्कार गर्‍यो भनेको छैन’, उनले भने, ‘मेरो नेतृत्वमा सुशासन र सामाजिक न्यायको पक्षमा प्रयास भए, समृद्धिको पक्षमा प्रयास भए । तिनको जानकारी मात्रै मैले संसद्मा गराएको हो । ती निष्कर्ष सोचेर, सम्झेर नै राखिएको हो ।’

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ४ : ४९ बजे

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल