बढीपहिरोमा परी एक सय तीन जनाको मृत्यु, एक सय नौ घाइते « Khabarhub

बढीपहिरोमा परी एक सय तीन जनाको मृत्यु, एक सय नौ घाइते


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

कठमाडौं– अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा बाढीपहिरोलगायत भएका विपद्का घटनामा एक सय तीन जनाको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा एक जना, कोशी प्रदेशमा १९ जना, मधेस प्रदेशमा पाँच जना, बागमती प्रदेशमा छ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा सात जना गरी एक सय तीन जनाको मृत्यु भएको हो ।

काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा ३१ जना, मधेस प्रदेशमा ८ जना, बागमती प्रदेशमा चार जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा नौ जना, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी एक सय नौ जना घाइते भएका छन् ।

कोशी प्रदेशमा ४१ र गण्डकी प्रदेशमा १२ जना गरी  ५३ जनाको उद्धार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई जना, बागमती प्रदेशमा दुई जना र गण्डकी प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा एक जना गरी छ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी जारी छ ।

बाढीका कारण एक सय ८२ घर डुबानमा परेका छन् । एक सय ८९ वटा घर, ७२ वटा गोठ, ४१ वटा पुल, एउटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति भएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार पाँच सय ४७  परिवार विस्थापित भएका छन् ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ५ : ०१ बजे

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण

कञ्चनपुर– कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि वृद्धि हुने प्रक्षेपण

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६