नयाँ सरकारबारे छलफल गर्न राष्ट्रपतिले संविधानविद्‍लाई बोलाए « Khabarhub

नयाँ सरकारबारे छलफल गर्न राष्ट्रपतिले संविधानविद्‍लाई बोलाए


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नयाा सरकार गठनबारे छलफल गर्न संविधान र कानुनविद्हरुलाई बोलाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत जुटाउन नसक्ने निश्चित भएपछि उनले नयाँ सरकार गठनबारे छलफल गर्न संविधानविदहरूलाई बोलाएका हुन् ।

छलफलका लागि संविधानविद्हरू डा. भीमार्जुन आचार्य, विपिन अधिकारी, हरिहर दाहाल, शम्भु थापा, गोपालकृष्ण घिमिरेलगायतलाई बोलाइएको शीतल निवास स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार राष्ट्रपति पौडेलले शुक्रबार बेलुकी पौने ६ बजे राष्ट्रपति भवनमा नयाँ सरकार गठनको प्रक्रियाबारेमा छलफल सुरु गर्ने छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेको समीकरणमा अब बन्ने सरकार गठनको प्रक्रियाबारे संविधाानविहरू नै विभाजित छन् ।

एकथरीले संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठन हुने मत राख्दै आएका छन् । अर्काथरी धारा ७६ (३) बमोजिम गठन हुने दाबी गरिरहेका छन् ।

यदि संविधानको धारा धारा ७६ (२) बमोजिम नयाँ सरकार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृ‌त्वमा बन्ने छ । त्यसका लागि कांग्रेस र एमालेले सहमति गरिसकेका छन् ।

तर धारा ७६ (३) बमोजिम गठन हुने अवस्थामा संसद्‍को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ५ : ०७ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज