राजनीतिक अस्थिरताले समस्या समाधान हुँदैन : सांसद केसी | Khabarhub Khabarhub

राजनीतिक अस्थिरताले समस्या समाधान हुँदैन : सांसद केसी


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले १८ महिनामा पाँचौँ पटक सरकार प्रमुखलाई विश्वासको मत दिने कि नदिने विषयमा छलफल भइरहँदा जनताको समस्या समाधान नहुने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उनले राजनीतिक अस्थिरताले जनताको समस्या समाधान नहुने बताएका हुन्।

सांसद केसीले बाढीपीडित नागरिकको घरघर जानुपर्ने बेला सरकारमा जान हानथाप हुनु उचित नभएको बताए ।

‘कुनै पार्टीप्रतिको पूर्वाग्रह होइन तर लोकतन्त्र जोगाउन सकिन्छ कि सकिँदैन भन्ने चिन्ता हो’, उनले भने, ‘हामी सत्ता समीकरणको पक्षमा पनि छैनौँ, नेपालको वामपन्थी एक ठाउँमा भए पनि भत्काउनुपर्‍यो ।’

सांसद केसीले संविधानका आधारभूत कुरा संशोधन गर्न नपाइने बताए ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ५ : ०५ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून