चितवन घटना भेटिएनन् यात्रुसहितका बस, खोज तथा उद्धार कार्य स्थगित « Khabarhub

चितवन घटना भेटिएनन् यात्रुसहितका बस, खोज तथा उद्धार कार्य स्थगित


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


26.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पहिरोले त्रिशूली नदीमा खसेका दुई वटा बस अहिलेसम्म बेपत्ता रहेका छन् ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आज दिनभर खोजी कार्य गरे पनि फेला पर्न सकेको छैन ।

प्रहरीका अनुसार आज बिहान ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. २९ सिमलतालमा पहिरोमा परि दुई यात्रुवाहक बस त्रिशूली नदीमा खसेका थिए । त्रिशूलीमा खसेका बसमा बिरगंजबाट काठमाडौं आउँदै गरेको विङर र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस रहेको प्रहरीले जनाएको छ ।

बिरगंजबाट आएको बसमा २४ जना र गणपति डिलक्समा २७ जना यात्रु सवार रहेको गृहमन्त्री रवि लामिछानेले संसदमा जानकारी गराएका थिए ।

अहिले उक्त स्थानमा सशस्त्र प्रहरी बलका २८ गोताखोरसहित पाँच सय सुरक्षाकर्मी परिचालन भएका थिए । अहिलेसम्म यात्रुको अवस्था अज्ञात रहेको र आजका लागि खोजी कार्य स्थगित भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ७ : ०३ बजे

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी