माइक्रोसफ्टद्वारा आफ्ना कर्मचारीलाई चीनमा एन्ड्रोइड फोन बोक्न प्रतिबन्ध « Khabarhub

माइक्रोसफ्टद्वारा आफ्ना कर्मचारीलाई चीनमा एन्ड्रोइड फोन बोक्न प्रतिबन्ध


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – प्रविधि कम्पनी माइक्रोसफ्टका कर्मचारीहरूले चीनमा एन्ड्रोइड फोन प्रयोग गर्न नपाउने भएका छन् ।

साइबर सुरक्षा र डेटा चोरीबाट बच्न अमेरिकी कम्पनी माइक्रोसफ्टले चीनमा रहेका आफ्ना कर्मचारीहरूलाई एन्ड्रोइड फोन प्रयोग गर्न प्रतिबन्ध लगाएको हो ।

माइक्रोसफ्ट यो कदम साइबर सुरक्षाको अंश भएको बताएको छ । कर्मचारीहरूलाई पहिचान प्रमाणीकरणका लागि आइफोन अनिवार्य हुने बताइएको छ ।

यसका लागि माइक्रोसफ्टले आफ्ना कर्मचारीलाई आइफोन १५ वितरण गर्ने भएको छ । विश्वभर डेटा चुहावटका धेरै घटना हुन थालेपछि कम्पनीले यस्तो नीति लिएको बताएको छ ।

एप्पलको आईओएस स्टोर चीनमा उपलब्ध छ तर गुगल प्लेस्टोर उपलब्ध छैन। ह्वावे र स्याओमी जस्ता लोकप्रिय स्मार्टफोन कम्पनीले चीनमा आफ्ना प्लाटफर्म सर्वसाधारणका लागि खुला राखेका छन्। एन्ड्रोइड डिभाइस ह्याक गर्न सजिलो हुने विज्ञहरूको विश्वास छ। चीनमा गुगल प्लेको अभावले माइक्रोसफ्टलाई चिन्तित बनाएको छ।

साइबर सुरक्षाका यस्ता कदमले अमेरिका र चीनबीच विवाद बढ्न सक्ने विज्ञहरुले अनुमान गरेका छन् ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ८ : ४१ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार