विद्युतीय ‘ट्रान्सफर्मर’ चोर्ने गिरोहका १० जना पक्राउ « Khabarhub

विद्युतीय ‘ट्रान्सफर्मर’ चोर्ने गिरोहका १० जना पक्राउ


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेका विभिन्न स्थानबाट विद्युतीय ट्रान्सफर्मर चोरी गरी बिक्री गर्ने १० जनालाई पक्राउ गरिएको छ ।

सङ्गठित गिरोहले हालसम्म जिल्लाका विभिन्न स्थानमा जडान गरिएका छवटा ट्रान्सफर्मर निकाली त्यसभित्र रहेको तामाको तार चोरी बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेपछि विशेष टोली परिचालन गरी उक्त गिरोहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले अनुसार प्रहरी चौकी भकुण्डेबेँसी र इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको टोलीले चोरीमा संलग्न सातजनालाई प्रारम्भिक सोधपुछपछि नियन्त्रणमा लिएको थियो ।

चोरी गरिएका तामाका तार भक्तपुरका विभिन्न कवाडी पसलमा बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनको भनाइ छ ।

प्रनाउ श्रेष्ठका अनुसार अनुसन्धानका क्रममा भक्तपुरको जगातिस्थित प्रहरी वृत्तसँगको संयुक्त टोलीले गिरोहका थप तीनलाई पक्राउ गरी भक्तपुरका विभिन्न कवाडी पसलमा खानतलासी गर्दा गिरोहले बिक्री गरेको तामाका तारलगायत सामान बरामद गरिएको हो ।

उनीहरूले कवाडी सामान सङ्कलन गर्ने बहानामा काभ्रेको विभिन्न स्थानमा राखिएका ट्रान्सफर्मरको अवस्था पत्ता लगाई रातको समयमा ट्रान्सफर्मर निकाली फोडेर तामाका तार चोरी गर्ने योजना बनाउने गरेको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । उनका अनुसार उक्त गिरोहले बस्ती, खानेपानी तथा सिँचाइका लागि व्यवस्थित गरिएका ट्रान्सफर्मर चोरी गरेका हुन् ।

गिरोहले करिब डेढ महिनाको अवधिमा भुम्लु गाउँपालिका–९ मेलडाँडास्थित एनसेल टावर, तेमाल गाउँपालिका–५ मनकुलबेँसीस्थित खानेपानी, नमोबुद्ध नगरपालिकाको ६ नम्बर वडास्थित बृहत् खानेपानी तथा ५ नम्बर वडाको कानपुर खानेपानी, मण्डनदेउपुर नपा–९ रानीटारस्थित खानेपानी र मण्डदनदेउपुर–७ को खानेपानीका लागि राखिएका ट्रान्सफर्मर चोरेका थिए ।

पक्राउ पर्नेमा काभ्रेका ४५ वर्षीय विष्णुबहादुर सार्की, दोलखाका २२ वर्षीय प्रल्हाद बस्नेत, २७ वर्षीय सुनिल बस्नेत, ३० वर्षीय दिकुल खत्री, २१ वर्षीय प्रविन बस्नेत र २४ वर्षीय जगन्नाथ बस्नेत, सिन्धुपाल्चोकका २२ वर्षीय सन्तोष विक, ४२ वर्षीय राजेश विक, २८ वर्षीय कुमार विक र २४ वर्षीय प्रेम मिजार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले चोरीमा संलग्न बा१ज ८७३४ नम्बरको मिनीभ्यान नियन्त्रणमा लिएको छ ।

विभिन्न मितिमा समातिएका उनीहरूलाई जिल्ला अदालतमार्फत म्याद थपी अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ७ : ४१ बजे

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका