ड्युटी छाडेका बंगलादेशका ट्राफिक प्रहरीले थाले काम « Khabarhub

ड्युटी छाडेका बंगलादेशका ट्राफिक प्रहरीले थाले काम


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

ढाका– शेख हसिना सरकारको पतन पछिको असुरक्षाका कारण ड्युटीबाहिर रहेका ट्राफिक प्रहरी काममा फर्किन थालेका छन् ।

करिब एक साता काम छाडेपछि ट्राफिक प्रहरीले सोमबार बिहानैदेखि राजधानीका विभिन्न सडकमा ड्युटी गर्न थालेको ढाका ट्रिब्युनले जनाएको छ ।

राजधानीका विभिन्न सडकमा ट्राफिक प्रहरीको उपस्थिति रहेको थियो ।

धानमण्डी, शाहबाग, फार्मगेट, खमरबारी, कारवान बजार, शान्तिनगर, मालीबागलगायत क्षेत्रमा ट्राफिक प्रहरी ड्युटीमा देखिएका छन् ।

यसअघि केही दिनमा राजधानीलगायत देशका विभिन्न भागमा विद्यार्थीले ट्राफिक व्यवस्थापन गरेको देखिन्थ्यो ।

विद्यार्थीको नेतृत्वमा भएको जनआन्दोलनमा शेख हसिनाको पतनपछि देशभरका विभिन्न प्रहरी चौकीमा आक्रमण र तोडफोड भएको थियो । त्यसपछि सुरक्षाको कारण देखाउँदै प्रहरीले काममा रोक लगाएको थियो ।

आइतबार गृह मामिला सल्लाहकार ब्रिगेडियर जनरल (निवृत्त) एम सखावत हुसेनले प्रहरीलाई बिहीबारसम्म काममा फर्कन भनेका थिए। उनले बिहीबारसम्म काममा नफर्किनेलाई काम गर्न नचाहेको मानिने बताएका थिए ।

देशभरका ६३९ प्रहरी चौकीमध्ये ५९९ प्रहरी कार्यालय सञ्चालनमा आइसकेको जनाइएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  १२ : ५७ बजे

च्यासलमा एमाले सचिवालय बैठक (तस्बिरहरू) 

काठमाडौं – नेकपा (एमाले) सचिवालय बैठक हाल पार्टी केन्द्रीय कार्यालय

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले