बीपीलाई सम्झिँदै विनोद चौधरी भन्छन्- कांग्रेसको आर्थिक दृष्टिकोणलाई नयाँ परिभाषा दिने बेला भयो « Khabarhub

बीपीलाई सम्झिँदै विनोद चौधरी भन्छन्- कांग्रेसको आर्थिक दृष्टिकोणलाई नयाँ परिभाषा दिने बेला भयो


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पार्टीको आर्थिक दृष्टिकोणलाई नयाँ ढंगले परिभाषित गर्ने बेला आएको बताएका छन् ।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा सोमबार बोल्ने क्रममा उनले कांग्रेसको आर्थिक दृष्टिकोणलाई नयाँ ढंगले परिभाषित गर्ने बेला आएको बताएका हुन् ।

चौधरीले पार्टीका संस्थापक बीपी कोइरालाले भनेको उत्पादनबिनाको वितरणले समाजवाद ल्याउन सक्दैन भन्ने कुरा अहिले प्रमाणित भइसकेको पनि बताए ।

‘अब हाम्रो पार्टीको आर्थिक दृष्टिकोणलाई फेरि एकपटक नयाँ परिभाषित गर्ने बेला आएको जस्तो मलाई लाग्छ,’ उनले भने, ‘हाम्रा पार्टीका संस्थापक एवम् पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले उतिबेला भन्नुभएको उत्पादनबिनाको वितरणले समाजवाद ल्याउन सक्दैन भन्ने प्रमाणित भइसकेको छ ।’

चौधरीले बीपीको दर्शनलाई आत्मसाथ गर्दै अहिलेको समयसापेक्ष समाजवादको नयाँ परिभाषा गर्नुपर्ने बेला आएको पनि बताए ।

‘म त उहाँ (बीपी) लाई नेपाली समाज र माटो बुझेको दार्शनिकका रुपमा पनि लिन्छु,’ उनले भने, ‘अब हामीले उहाँका दर्शनलाई आत्मसाथ गर्दै अहिलेको समयसापेक्ष समाजवादको नयाँ परिभाषा गर्नुपर्ने बेला आएको छ ।’

नयाँ सरकार बनेसँगै राजनीतिक स्थायित्व हुने आशा पलाएको चौधरीले बताएका छन् ।

‘लामो अस्थिरताको चक्रब्यूहबाट देश बाहिर आएको दृष्टिकोणबाट जनताले लिएका छन्,’ उनले भने, ‘कांग्रेस-एमाले सहमतिअनुसार सरकार अगाडि बढेर अन्तरविरोध हटाउन सकिए मुलुककै लागि खुसीको समय हुने छ ।’

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  १ : ४५ बजे

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको