गुपचुपमै ‘द ग्रेट इन्डियन कपिल शो’को दोस्रो सिजन छायांकन गर्दै कपिल « Khabarhub

गुपचुपमै ‘द ग्रेट इन्डियन कपिल शो’को दोस्रो सिजन छायांकन गर्दै कपिल


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  भारतीय कमेडियन कपिल शर्माले ‘द ग्रेट इन्डियन कपिल शो’को दोस्रो सिजन ल्याउने भएका छन् ।  भारतीय मिडिया इन्डिया टुडेले स्रोतको दाबी गर्दै मंगलबारदेखि छायांकन हुने जानकारी दिएको छ । 

दोस्रो सिजनको पहिलो एपिसोडमा वेबसिरिज ‘फेबुलस लाइफ अफ बलिउड वाइभस्’को कलाकारहरू ‘गेस्ट’ रहने भएका छन् । 

यो पटक पनि पहिलो सिजनका टिम रहने बताइएको छ । तर कहिलेबाट प्रसारण हुने भन्नेबारे टिमले छिट्टै खुलासा बुझिएको छ । 

टीभीमा लोकप्रिय कपिलले ओटीटीमा आएपछि आलोचना खेप्नुपरेको थियो । केहीले शो फ्लप भएकाले १३ भाग गरेर बन्द गर्नु परेको टिप्पणी गरेका थिए ।

कपिलले यसबारेमा स्पष्टीकरण दिँदै १३ भागका लागि मात्रै सम्झौता भएको र चाँडै नयाँ सिजन ल्याउने जानकारी दिएको थियो । 

७ वर्षको दुस्मनी बिर्संदै कपिल र सुनिल ग्रोवर पहिलो सिजनमा काम गरेका थिए । 

पहिलो सिजनको पहिलो एपिसोड ३० मार्चमा सार्वजनिक भएको थियो भने अन्तिम एपिसोड २२ जुन २०२४ मा सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  २ : २६ बजे

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि

‘अर्नब’को प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको

ब्रसेल्समा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम : सेलरोटी र छोइलामा रमाए पाहुना

काठमाडौँ–  ब्रसेल्सस्थित नेपाली राजदूतावासले भुटान, माल्दिभ्स र श्रीलंकाका राजदूतावाससँगको सहकार्यमा

आँबुखैरेनीमा पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसानले सामूहिक रूपमा