गुपचुपमै ‘द ग्रेट इन्डियन कपिल शो’को दोस्रो सिजन छायांकन गर्दै कपिल « Khabarhub

गुपचुपमै ‘द ग्रेट इन्डियन कपिल शो’को दोस्रो सिजन छायांकन गर्दै कपिल


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  भारतीय कमेडियन कपिल शर्माले ‘द ग्रेट इन्डियन कपिल शो’को दोस्रो सिजन ल्याउने भएका छन् ।  भारतीय मिडिया इन्डिया टुडेले स्रोतको दाबी गर्दै मंगलबारदेखि छायांकन हुने जानकारी दिएको छ । 

दोस्रो सिजनको पहिलो एपिसोडमा वेबसिरिज ‘फेबुलस लाइफ अफ बलिउड वाइभस्’को कलाकारहरू ‘गेस्ट’ रहने भएका छन् । 

यो पटक पनि पहिलो सिजनका टिम रहने बताइएको छ । तर कहिलेबाट प्रसारण हुने भन्नेबारे टिमले छिट्टै खुलासा बुझिएको छ । 

टीभीमा लोकप्रिय कपिलले ओटीटीमा आएपछि आलोचना खेप्नुपरेको थियो । केहीले शो फ्लप भएकाले १३ भाग गरेर बन्द गर्नु परेको टिप्पणी गरेका थिए ।

कपिलले यसबारेमा स्पष्टीकरण दिँदै १३ भागका लागि मात्रै सम्झौता भएको र चाँडै नयाँ सिजन ल्याउने जानकारी दिएको थियो । 

७ वर्षको दुस्मनी बिर्संदै कपिल र सुनिल ग्रोवर पहिलो सिजनमा काम गरेका थिए । 

पहिलो सिजनको पहिलो एपिसोड ३० मार्चमा सार्वजनिक भएको थियो भने अन्तिम एपिसोड २२ जुन २०२४ मा सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  २ : २६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया